रातो प्लेट राखेर सरकारी गाडीको दुरुपयोग : कारवाही गर्ने कस्को हिम्मत ?

सरकारले प्रशासनिक बेथिती रोक्ने भन्दै सहसचिवभन्दा तल्ला तहका कर्मचारीहरुको चढ्दै आएका ७४५ वटा चार पाँग्रे सवारी साधन खोस्यो । तर यसरी खोसिएको सवारी साधनमध्ये अधिकांश अहिले प्रधानमन्त्री–मन्त्रीका सचिवालयका खरिदार,सुब्बा तहका कर्मचारीहरुले रोजीरोजी चारपाग्रे सुविधा प्रयोग गरिरहेको भेटिएको छ ।

बिज्ञापन

जस्तो पञ्जिकरण विभागको तत्कालीन महानिर्देशक नमराज घिमिरे सरुवा भएसँगै उनले चढिरहेको ६५३३ नम्बरको अत्याधुनिक र मंहगो गाडी गाडी प्रधानमन्त्री कार्यालयका सचिवालयबाट खोसेर लगेका छन् । सो गाडीमा रातो नम्बर पेल्ट हालेर चलाउन थालिएको छ । अहिले पञ्जिकरण विभागको नेतृत्व गर्ने पुगेका सहसचिव कृष्ण पौडेल पौडेललाई गृहले थोत्रो सवारी साधन दिएको छ,प्रयोग गर्नका लागि । पछिल्लो समय मन्त्रीका अधिकांश सल्लाहकारहरुले रातो नम्बर पेल्टका सवारी साधन चढ्न थालेका छन् । पछिल्लो समय सरकारी सेवा सुविधा लिएका व्यक्तिहरूले आफ्नो अधिकारको दुरुपयोग गरेमा हेर्दै आएको र प्रशासन सुधारमा कायापलट गर्ने उद्घोष गरेको प्रधानमन्त्री र मन्त्रीको सचिवालयबाटै चार पाँग्रे सवारी साधनको चरम दुरुपयोग भइरहेको सिंहदरबारका कर्मचारीहरु बताउँछन् ।अहिले मन्त्रीका सचिवालयमा रहेका अधिकांश व्यक्तिहरुले रातो नम्बर प्लेटको सवारी साधन प्रयोग गरिरहेको कर्मचारी प्रेसले पाँच वटा मन्त्रालयमा बुझ्दा भेटिएको छ । यो बिषयमा मन्त्रालयको आन्तरिक शाखाहरुले विवरण दिन इन्कार गरेका छन् । ती मन्त्रालयका कर्मचारीहरुले व्यग्य गर्दै भनेका छन्,’मन्त्रीका स्वकीयहरु धनीमानी छन्,उनीहरुको आफ्नै सवारी होला नि ।’

बिज्ञापन

सेतो नम्बर प्लेटलाई रातो बनाउन थालिएको जेनजी विद्रोह पछि हो,अहिले यो विकृती झनै बढेको छ,एक सहसचिव भन्छन् । अनुसन्धान अधिकृत र अनुसन्धान गर्ने निकायलाई गोपनियताका लागि सरकारी गाडीमा निजी नम्बर दिनु सामान्य मानिए पनि यातायात ऐन विपरित प्रधानमन्त्री र मन्त्रीका सचिवालयबाटै यस्तो सवारी साधन दुरुपयोग बढिरहँदा समेत कुनै निकायले छुन नसेकको कर्मचारीहरुले बताएका छन् । पछिल्लो समय सवारी सुविधा खोसिएसँगै कतिपय उपसचिवहरु साझा यातायात चढेर ,पठाओदेखि शेयरिङ्गमा सिंहदरबार आउजाउ गरिरहेका छन् । तर प्रधानमन्त्रीदेखि मन्त्रिपरिषदका सदस्यहरुका स्वकीयहरु,नायबसुब्बादेखि स्वकीय सचिवालयमा नियुक्ति पाएकाहरुले छानीछानी र रोजीरोजी सरकारी गाडी दुरुपयोग गरिरहेका छन् ।

यसअघि माओवादी शसस्त्र द्धन्द्धमा सरकारी गाडीलाई रातो नम्बर प्लेट राख्ने सुविधा दिइएको थियो । बीचमा केही मथ्थर भएको यो विकृती जेनजी विद्रोहको क्रममा छानीछानी सरकारी कार्यालयमा तोडफोड,विध्वंस भए पछि उच्च पदस्त सरकारी अधिकारीहरुले निजी नम्बर प्लेट राखेर सरकारी गाडीको दूरुपयोग बढिरहेको छ । रातो प्लेट बनाएर सरकारी अधिकारी तथा मन्त्रीका सचिवलायमा बसेका कर्मचारीहरुले सरकारी गाडीको निजी र घरायसी काममा अत्यधिक दुरुपयोग गरेको गुनासो बढे पछि यो विकृती रोक्न अर्थात नियन्त्रण गर्न गृहकार्य अझैं शुरु भएको छैन । प्रधानमन्त्री कार्यालय,गृह,अर्थमा सबैभन्दा धेरै यस्तो विकृती देखिएको स्रोतले जनाएको छ । त्यस्तै प्रधानमन्त्री र मन्त्रीका सचिवालयका कर्मचारीहरुले समेत चार पाँग्रे सवारी सुविधा प्रयोग गरिरहेका छन् ।

बिज्ञापन

सहसचिवभन्दा तल्ला तहका कर्मचारीहरुको गाडी सुविधा खोसेर अहिले मन्त्रीका सचिवालयमा कार्यरत रहेका सुब्बा,अधिकृत तहका सेवा सुविधा पाउँदै आएका पिएहरुले समेत चार पाँग्रे सवारी दुरुपयोग गरिरहेका छन् । केही मन्त्रीका सचिवालयमा नियुक्ती विनै काम गरिहेकाहरुले समेत यस्तो सवारी साधन दुरुपयोग गरिरहेको तर यसतर्फ कुनै निकायको ध्यान जान नसकेको एक उपसचिवले बताए ।
उता सरकारले पिए तथा स्वकीयहरुको संख्या थप्ने तयारी गरेको छ । सरकारले मन्त्रीहरूको स्वकीय सचिवालय तथा सल्लाहकार समूहको संरचना तय गरेको छ । मन्त्रिपरिषद् बैठकको गएको वैशाख २ गतेको निर्णय अनुसार,ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय तथा कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपाल सरकारका विशिष्ट श्रेणीसरहका १ वैतनिकसहित बढीमा ५ जनासम्म सल्लाहकार नियुक्त गर्न सक्नेछन् । अन्य मन्त्रालयले भने १ वैतनिकसहित बढीमा ३ जनासम्म सल्लाहकार राख्न सक्ने व्यवस्था गरिएको छ । मन्त्री तथा राज्यमन्त्रीको स्वकीय सचिवालयमा १ प्रमुख स्वकीय सचिव, १ स्वकीय सचिव, १ समन्वय, कार्यान्वयन तथा अनुगमन अधिकृत र १ सञ्चार तथा जनसम्पर्क सहायक रहने व्यवस्था छ ।

स्वकीय सचिवालयमा १ सहायकस्तर, २ हलुका गाडी चालक र २ कार्यालय सहयोगी पनि रहने सक्ने व्यवस्था गरिएको छ । यसअनुसार प्रमुख स्वकीय सचिव राजपत्राङ्कित द्वितीय श्रेणीसरह, स्वकीय सचिव तथा समन्वय, कार्यान्वयन र अनुगमन अधिकृत राजपत्राङ्कित तृतीय श्रेणीसरह रहनेछन् । सञ्चार तथा जनसम्पर्क सहायक र सहायकस्तरका कर्मचारी राजपत्राङ्कित प्रथम श्रेणीसरह रहने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

रातो प्लेट राखेर सरकारी गाडीको दुरुपयोग : कारवाही गर्ने कस्को हिम्मत ?

मधेशका अर्थमन्त्री युवराज भट्टराईको गाडी तोडफोड

सामाजिक सञ्जालमा विषाक्त वाक् संस्कृतिको उदय

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

बिशेष