प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

काठमाडौँ — भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।

बिज्ञापन

मन्त्रालयले प्रथम पटक प्रकाशित सूचना अनुसार २०८३ साल असार ९ गते सार्वजनिक गरिएको सूचनामार्फत योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो। उक्त पदमा नियुक्तिका लागि सिफारिस गर्न “नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक सिफारिस सम्बन्धी मापदण्ड, २०८३” को दफा ४ बमोजिम योग्य हुनुपर्ने तथा दफा ५ अनुसार अयोग्य नभएको हुनुपर्ने प्रावधान तोकिएको छ।

बिज्ञापन

सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले विस्तृत विवरणसहितको आवेदन सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालय समयभित्र मन्त्रालयको प्रशासन सुधार महाशाखामा सिलबन्दी खाममा पेश गर्नुपर्नेछ। आवेदनसँगै रणनीतिक कार्ययोजना  समेत अनिवार्य रूपमा संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयले आवेदन प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र योग्यता आधारित बनाउने उद्देश्यका साथ योग्य नेतृत्व चयन गर्न लागिएको जनाएको छ। यस पदमार्फत प्रशासनिक प्रशिक्षण, क्षमता विकास तथा सार्वजनिक प्रशासन सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

बिज्ञापन

यस सम्बन्धी विस्तृत सूचना तथा आवश्यक कागजातहरू मन्त्रालयको आधिकारिक वेबसाइट नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान वेबसाइट को वेबसाइट NASC वेबसाइट मा हेर्न सकिनेछ। साथै थप जानकारीका लागि मन्त्रालयको प्रशासन सुधार महाशाखामा सम्पर्क गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ।

कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वानसँगै प्रशासनिक क्षेत्रभित्र योग्य नेतृत्व चयन र संस्थागत सुधारतर्फ सरकारको ध्यान केन्द्रित भएको देखिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीमा अध्यागमन र भन्सारका १९ कर्मचारी सम्पर्कविहीन

रसुवास्थित ११४ जनाको हवाई उद्धार

बुढानीलकण्ठका कर्मचारीले बाढीपीडितका लागि जुटाए १५ लाख ७२ हजार

गोकर्णेश्वर नगरपालिकाले २ एम्बुलेन्स सहित १० नगर प्रहरी खटायो प्रभावित क्षेत्रमा

रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी

बाढीका फसेका सयौंको हेलिकप्टरबाट उद्धार

मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो यस्ता १० निर्णय

मैलुङ भिरबाट अर्जुन न्यौपानेको आग्रह– हामी सुरक्षित छौँ, अरू ३०० जनाको उद्धार गरिदिनुहोस

बिशेष