अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ प्रकरणमा १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । राहदानी विभाग महानिर्देशक तिर्थराज अर्यालसहित १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले महानिर्देशक अर्याल, निर्देशक सुनिल केसी, लेखा अधिकृत तुलसी आचार्य, निर्देशक शत्रुधन शर्मा पोखरेल र रविन्द्र राजभण्डारी, उपसचिवहरू राजाराम दाहाल, भेष प्रसाद भुर्तेल, पुस्कर नेपाल, अधिकृत सोमेश थापा, आईटी अधिकृत विपिन प्रसाईं, नेपाली सहजकर्ता सिद्धार्थ थापा र मणिन्द्रराज मल्ल लगायत १६ जना व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । विशेषमा दायर भएको मुद्धामा आयोगले जर्मन कम्पनीका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र मनिन्द्र राज मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिद्धार्थ पासपोर्ट ठेक्का लिने जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि हुन् । कांग्रेस सांसद सुनीलबहादुर थापाका छोरा समेत हुन् । त्यस्ती मल्ल जर्मन कम्पनी म्यूलबैरका नेपाल प्रतिनिधि हुन् । मल्ललाई अख्तियारले पक्राउ गरिसकेको छ । थापा भने सम्पर्कविहीन छन् ।
बिज्ञापन
यसरी आयोगले प्रतिवादी बनाइएकामध्ये ११ जना कर्मचारी रहेका छन् । महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी, तत्कालीन लेखा अधिकृत तुलसी आचार्य, तत्कालीन उपसचिव शत्रुघ्न प्रसाद पोखरेल, कानूनतर्फका तत्कालीन उपसचिव राजाराम दाहाल, तत्कालीन लेखा अधिकृत भेषराज भुर्तेल,तत्कालीन इन्जिनियर विपिन प्रसाईं, तत्कालीन अधिकृतत्रय रवीन्द्र राजभण्डारी, प्रदिप पुष्करराज नेपाल र उमेश थापा समेत ११ जना कर्मचारी,दुई जर्मन कम्पनी र अरु रहेका छन् ।
राहदानी छपाइ प्रकरणमा छानबिनका लागि भन्दै अख्तियारले पूर्व परराष्ट्रमन्त्रीलाई बयानका लागि बोलाएको भए पनि राणा र वयानका लागि बोलाइएका पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवादी बनाएको छैन । तर कर्मचारी,विदेशी कम्पनी र विदेशी नागरिकसहित १८ जनालाई प्रतिवादी बनाएर मुद्धा लगेको अख्तियारले १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरेको छ ।




























