रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका अवकाशप्राप्त डीआईजी बिदुर खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। उनले आफ्नो उम्मेदवारी पद प्राप्तिको आकांक्षाभन्दा पनि राष्ट्रसेवामा आर्जन गरेको अनुभव, सीप र क्षमतालाई पार्टी संगठन निर्माण तथा राष्ट्रहितमा समर्पित गर्ने उद्देश्यले दिएको बताएका छन्।

बिज्ञापन

उम्मेदवारी घोषणा गर्दै खड्काले देश निर्माणको जिम्मेवारी नागरिककै काँधमा रहेको उल्लेख गरे। उनले २०८० सालदेखि रास्वपाको यात्रामा सक्रिय रूपमा सहभागी हुँदै आएको स्मरण गराउँदै आफूले सुशासन, पारदर्शिता र जनमुखी राजनीतिक संस्कृतिको पक्षमा निरन्तर काम गर्दै आएको बताए।
“देश बन्नुपर्छ र हामीले नै बनाउनुपर्छ भन्ने दृढ सोचका साथ पार्टीको यात्रामा जोडिएको छु,” उनले भने, “अबसम्म राष्ट्रसेवामा प्राप्त अनुभवलाई संगठन निर्माण र नीति निर्माणमा उपयोग गर्ने मेरो प्रतिबद्धता छ।”

बिज्ञापन

खड्काले पार्टीभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै नेतृत्व क्षमता प्रदर्शन गरिसकेको पनि बताएका छन्। उनले मानव संसाधन विभागको सदस्यका रूपमा काम गरिसकेका छन् भने केन्द्रीय सचिवालयको निर्णयअनुसार र्यापिड एक्सन टिम (र्याट) को उपप्रमुखको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्। ती जिम्मेवारीमा रहँदा संगठन र पार्टी हितलाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गरेको उनको भनाइ छ।

करिब तीन दशकभन्दा बढी समय सशस्त्र प्रहरी बलमा सेवा गरेका खड्काले सुरक्षा, प्रशासन, विपद् व्यवस्थापन तथा नेतृत्वदायी भूमिकामा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। राष्ट्रसेवकका रूपमा प्राप्त अनुभवले आफूलाई अनुशासन, जिम्मेवारीबोध, संकट व्यवस्थापन र संगठन सञ्चालनको ज्ञान दिएको भन्दै उनले त्यसलाई अब राजनीतिक संगठन सुदृढीकरणमा प्रयोग गर्ने योजना रहेको बताए।

बिज्ञापन

उनले पार्टी संगठनलाई वडा, पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म व्यवस्थित, सक्षम र जनमुखी बनाउने अभियानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। साथै युवा पुस्ताको ऊर्जा र अनुभवी पुस्ताको ज्ञानलाई एकीकृत गर्दै सक्षम नेतृत्व विकास, सुशासन र जवाफदेहिताको अभियानलाई अझ बलियो बनाउने लक्ष्य पनि प्रस्तुत गरेका छन्।

अवकाशपछि सामाजिक सेवा, जनहितका अभियान तथा राजनीतिक रूपान्तरणका गतिविधिमा सक्रिय रहेका खड्का हाल रास्वपाका सक्रिय सदस्य तथा केन्द्रीय र्याट विभागका उपप्रमुखका रूपमा कार्यरत छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताको भरोसाको केन्द्रका रूपमा स्थापित गर्न आफूले निरन्तर योगदान दिने बताएका छन्।

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयन प्रक्रिया जारी रहेका बेला पूर्व सुरक्षा अधिकारी खड्काको उम्मेदवारीलाई पार्टीभित्र अनुभव र संगठन व्यवस्थापन क्षमताको प्रतिनिधित्वका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

बिशेष