सचिव पौडेलको सरुवा,पुर्याइयो उपराष्ट्रपतिको कार्यालयमा

सरकारले भूमि व्यवस्था,सहकारी,संघीय मामिला मन्त्रालयको सचिव चन्द्रकला पौडेलको सरुवा गरेको छ ।

बिज्ञापन

गत मंसिर १ मा सुशीला कार्कीको सरकार हुँदा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमा आइपुगेकी चन्द्रकलालाई सरुवा गरेर उपराष्ट्रपतिको कार्यालयमा पठाइएको हो । ६ महिना अगाडि पहिलो महिला सचिवको रुपमा सामान्यमा भित्रिएकी चन्द्रकला ४१ औं सचिवको रुपमा जिम्मेवारी सम्हाल्ने अवसर पाएकी थिइन । सो मन्त्रालयमा रहँदा प्रशासनिक सुधारका कामभन्दा पनि आफ्नो सीमित कर्मचारीहरुको घेरा बनाएर त्यसमै रमाउँदै आएकी थिइन ।

बिज्ञापन

विशेष गरी जिल्लाबासी,पूर्व एमाले निकट कर्मचारीको टिम बनाएर काम गरिरहेकी उनले सरुवामा आफू निकटका कर्मचारीको संरक्षण गरेको आरोप कर्मचारी वृत्तबाट लाग्दै आएको थियो । पौडेल सचिव बढुवा हुनु अघि भौतिक मन्त्रालय,उद्योग मन्त्रालय,गण्डकी प्रदेशमा कार्यरत थिइन । सचिव बढुवा भएपछि कोशी प्रदेशको प्रमुख सचिवको रुपमा कार्यरत रहेकी उनी ६ महिनामै सचिव थन्काउने कार्यालयको रुपमा चिनिएको उपराष्ट्रपतिको कार्यालयमा पुगेकी हुन । उपराष्ट्रपति कार्यालयमा तैनाथ कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयको जगेडामा तानिँदा त्यहाँ पौडेललाई खटाइएको हो ।

यद्यपि प्रधानमन्त्री कार्यालयले भने मन्त्रालयहरु मर्ज पछि एक मन्त्रालयमा एक सचिव राख्ने नीति अनुसार सचिवहरुको सरुवा तथा व्यवस्थापन भएको जनाएको छ । जस अनुसार अब भूमि व्यवस्था,सहकारी,संघीय मामिला मन्त्रालयको जिम्मेवारी मदन भुजेलले सम्हाल्ने भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष