सरकारले भूमि व्यवस्था,सहकारी,संघीय मामिला मन्त्रालयको सचिव चन्द्रकला पौडेलको सरुवा गरेको छ ।
बिज्ञापन
गत मंसिर १ मा सुशीला कार्कीको सरकार हुँदा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमा आइपुगेकी चन्द्रकलालाई सरुवा गरेर उपराष्ट्रपतिको कार्यालयमा पठाइएको हो । ६ महिना अगाडि पहिलो महिला सचिवको रुपमा सामान्यमा भित्रिएकी चन्द्रकला ४१ औं सचिवको रुपमा जिम्मेवारी सम्हाल्ने अवसर पाएकी थिइन । सो मन्त्रालयमा रहँदा प्रशासनिक सुधारका कामभन्दा पनि आफ्नो सीमित कर्मचारीहरुको घेरा बनाएर त्यसमै रमाउँदै आएकी थिइन ।
विशेष गरी जिल्लाबासी,पूर्व एमाले निकट कर्मचारीको टिम बनाएर काम गरिरहेकी उनले सरुवामा आफू निकटका कर्मचारीको संरक्षण गरेको आरोप कर्मचारी वृत्तबाट लाग्दै आएको थियो । पौडेल सचिव बढुवा हुनु अघि भौतिक मन्त्रालय,उद्योग मन्त्रालय,गण्डकी प्रदेशमा कार्यरत थिइन । सचिव बढुवा भएपछि लुम्बिनी प्रदेशको प्रमुख सचिवको रुपमा कार्यरत रहेकी उनी ६ महिनामै सचिव थन्काउने कार्यालयको रुपमा चिनिएको उपराष्ट्रपतिको कार्यालयमा पुगेकी हुन । उपराष्ट्रपति कार्यालयमा तैनाथ कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयको जगेडामा तानिँदा त्यहाँ पौडेललाई खटाइएको हो ।
यद्यपि प्रधानमन्त्री कार्यालयले भने मन्त्रालयहरु मर्ज पछि एक मन्त्रालयमा एक सचिव राख्ने नीति अनुसार सचिवहरुको सरुवा तथा व्यवस्थापन भएको जनाएको छ । जस अनुसार अब भूमि व्यवस्था,सहकारी,संघीय मामिला मन्त्रालयको जिम्मेवारी मदन भुजेलले सम्हाल्ने भएका छन् ।
































