नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल–भारत सीमा विवादलाई एकपक्षीय रूपमा हेर्न नहुने बताएका छन्। संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले भारतले नेपालका भूभाग अतिक्रमण गरेको विषय मात्र नभई नेपालबाट पनि केही स्थानमा भारतीय भूभाग मिचिएको जानकारी आफूले प्रधानमन्त्री बनेपछि पाएको बताएका हुन्।

बिज्ञापन

उनले सीमा सम्बन्धी विषयलाई भावनात्मक बहसभन्दा पनि तथ्य र अध्ययनका आधारमा समाधान गर्नुपर्ने धारणा राखे। दुवै देशले आफ्नो–आफ्नो दाबी र वास्तविक अवस्थाको अध्ययन गरेर आपसी समझदारीमार्फत समस्या समाधान गर्न सक्ने विश्वास व्यक्त गरे।

बिज्ञापन

प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सीमा विवादलाई मित्रवत् ढंगले टुंग्याउन दुवै पक्ष सकारात्मक रहेको उल्लेख गर्दै यसका लागि संयुक्त अध्ययन र संवाद आवश्यक रहेको बताए।

“भारतले मिचेको र नेपालले मिचेको भनिएका सबै क्षेत्रको वस्तुगत अध्ययन गरी दुई देशले साथीको रूपमा बसेर समाधान खोज्नुपर्छ,” उनले भने।

बिज्ञापन

उनको भनाइपछि नेपाल–भारत सीमा व्यवस्थापन र अतिक्रमणसम्बन्धी विषय पुनः चर्चामा आएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष