सरकारी सेवामा महिला कर्मचारीको सङ्ख्या ३० प्रतिशत

सरकारी सेवामा महिला कर्मचारीको संख्या ३० प्रतिशत पुगेको छ । सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार सरकारी सेवामा महिला कर्मचारीको संख्या ३० प्रतिशत पुगेको हो । ०६५ असारसम्म निजामती सेवामा महिलाको सङ्ख्या १२ प्रतिशत रहेकोमा २०८२ फागुनसम्म निजामती किताबखानामा दर्ता भएका तीन तहका सरकारी निकायमा कार्यरत महिला कर्मचारीको सङ्ख्या ३० प्रतिशत पुगेको आर्थिक सर्भेक्षणमा उल्लेख छ ।

बिज्ञापन

यस्तै समावेशी व्यवस्था लागू भएपछि समावेशी विज्ञापनबाट २६ हजार २ सय ७४ जना उम्मेदवार सिफारिस भएको सर्भेक्षणमा उल्लेख गरिएको छ । तहगत रुपमा स्थानीय तहमा ३१ हजार ५०२,संघमा ९ हजार ७४७ र प्रदेशमा तीन हजार ३४१ महिला कर्मचारी कार्यरत छन् ।

बिज्ञापन

सरकारले चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय सरकारका विभिन्न निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न भई निजामती सेवा अन्तर्गतका विभिन्न सेवा, समूह र श्रेणीतर्फ ५० हजार ७ सय ६८ दरबन्दी कायम भएको जनाएको छ । यस्तो दरबन्दी सङ्ख्या २०८२ असारमा ५१ हजार ४ सय ५ रहेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष