भूमि व्यवस्था सहकारी,संघीय मामिला मन्त्रालयले १३ जना उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले गत वैशाख ३० गतेदेखि जेठ ११ गतेसम्म विभिन्न मितिमा ती उपसचिवहरुको सरुवा गरेको छ । जसमा ४ जना उपसचिवहरुलाई संघीय मन्त्रालय तथा केन्द्रबाट स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतत बनाएर खटाइएको छ भने चार जनालाई अन्त्रपालिका सरुवा गरिएको छ । अन्य केही उपसचिवहरुलाई स्थानीय तहबाट सिंहदरबार ल्याइएको छ । सरुवा सूची अनुसार सुवास श्रेष्ठलाई मेचीनगर झापाको प्रमुख प्रशासकीय अधिकृत,देबीबहादुर भण्डारीलाई बोदेबरसाईन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । यस्तै,सो पालिकाबाट गजेन्द्र नाथ शर्मालाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ ।
सरुवाको सूची अनुसार,सञ्चारबाट पूर्णिमा उपाध्यायलाई महिला मन्त्रालयमा,सतर्कता केन्द्रबाट शारदा चालिसेलाई रक्षामा पुर्याइएको छ । फलेवास नगरपालिकाबाट जीवन ज्ञवालीलाई वालिङ नगरपालिका,सो पालिकाबाट गंगालाल सुवेदीलाई रामेछाप र रामेछापबाट भोला चापागाईलाई फलेवास नगरपालिकामा पठाइएको छ ।
यस्तै,श्रमबाट श्रीधर केसीलाई लमही पुर्याइएको छ भने गहेन्द्रबहादुर डाँगीलाई सामान्यको अतिरिक्तमा तानिएको छ ।
सरुवाको सूची अनुसार,शारदा नगरपालिकाबाट ओमप्रकाश देवकोटालाई गुँरास नगरपालिका,डिनायट घर्तीलाई भूमि मन्त्रालयमा सरुवा गरेको जनाएको छ । यस्तै,वनेपा नगरपालिकाबाट पोषण लामिछानेलाई गृहमा ल्याउँदा वेपत्ता छानबिन आयोगबाट उर्मिला काफ्ले वनेपा नगरपालिकामा पुगेकी छिन ।




























