सरकारले कर्मचारी संगठनका नेताहरुलाई गृहमा खटाएको पाइएको छ । भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य मन्त्रालयले कार्यालय सहयोगीदेखि उपसचिव तहका ७५ जना कर्मचारीको सरुवा गर्दा कर्मचारी नेताहरु सबैलाई गृहमा पठाएको हो ।
बिज्ञापन
मन्त्रालयले उपसचिव तहका १६,शाखा अधिकृत तहका १५,नासु तहका ३६,खरिदार तहका ८ र कार्यालय सहयोगी १ जना गरी ७५ जना कर्मचारीहरुको सरुवा गर्दा काँग्रेस,एमाले,माओवादीदेखि स्वतन्त्र रुपमा कर्मचारी संगठनको राजनीति गर्दै आएका कर्मचारीहरुलाई गृह र मातहतका कार्यालयमा खटाएको पाइएको हो ।
सार्वजनिक गरिएको सरुवा सूची अनुसार प्रधानमन्त्री कार्यालयबाट कुलप्रसाद भट्टराईलाई गृह अन्र्तगतको जिल्ला समन्वय समिति ताप्लेजुङमा खटाइएको छ । उनी नेपाल निजामती कर्मचारी युनियनका सचिव हुन । यस्तै नेकपा निकट कर्मचारी संगठनका नेता हरिबहादुर रावल गृह मन्त्रालय नै पठाइएको छ उनी कर्मचारी संगठनका पूर्व अध्यक्ष हुन् । यस्तै,नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव गणेश भण्डारी र सोही युनियनका सचिव डा प्रकाश भट्टराईलाई पनि गृहमै लगिएको छ । यस्तै एमाले निकट कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारीलाई सामान्यबाट गृहमा लगिएको छ भने उपमहासचिव बामदेव ओली पनि गृहमै पुगेका छन् । यस्तै उमेश पराजुलीको पनि गृहमन्त्रालय सरुवा गरेको छ। देवी पराजुली,गोविन्द अधिकारीहरुको सरुवा गृहमै भएको छ । यस्तै,कर्मचारी युनियनका अध्यक्ष रहेका उत्तम बहादुर कटुवाल गृहमन्त्रालय सरुवा भएको छ । यस्तै स्वतन्त्र कर्मचारी संगठन चलदाउँदै आएका पशुपति पोखरेलको पनि गृहमन्त्रालय सरुवा गरेको छ। अम्बादत्त भट्टको नापी विभागमा सरुवा गरिएको छ।



































