सूचीबाट हटाइएका उपसचिवलाई साता दिन पछि नै अन्तर्वार्तामा सामेल गर्दै लोकसेवा

लोक सेवा आयोगले साता दिन अघि अन्तर्वार्ताको सूचीबाट हटाएर दरखास्त र परीक्षा समेत बदर गरेका एक उमेद्धारको हकमा निर्णय सच्याउँदै साता दिनपछि नै अन्तर्वार्तामा सामेल गराउने भएको छ ।

बिज्ञापन

लोकसेवा आयोगको केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२३९/०८२-८३ (आन्तरिक प्रतिष्प्रर्धा) नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह नवौँ तह, जनस्वास्थ्य प्रशासक पदमा उमेद्धार रहेका योगेशप्रसाद भट्टलाई अन्तर्वार्ता सूचीबाट हटाइएको आयोगले हटाएको थियो ।

बिज्ञापन

गत वैशाखद ३१ को निर्णय अनुसार आयोगको सूचना नम्बर २१७८/०८२-८३, मिति २०८३ वैशाख १५ मा प्रकाशित लिखित परीक्षाको नतिजाबाट अन्तर्वार्ताका लागि छनोट भएका रोल नम्बर ८७००६० का उम्मेदवार भट्टलाई अन्र्तवार्ताको सूचीबाट हटाएको थियो । तर,आयोगको उक्त निर्णयका विरुद्धमा भट्ट सर्वाेच्च अदालत पुगेका थिए । अदालतका न्यायधीश महेश शर्मा पौडेलको एकल इजलाशले अन्तर्वार्तामा सम्मिलिल गराउन भन्दै अल्पकालीन अन्तरिम आदेश दिएसँगै लोकसेवा आयोगको अध्यक्षस्तरको आजको बैठकले भट्टलाई अन्र्तवार्तामा सम्मेलित गराउने भएको हो ।

बिज्ञापन

यस अघि भट्ट सुदूरपश्चिम प्रदेश, प्रदेश स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, नवौँ तह, जनस्वास्थ्य प्रशासक समान तहको पदमा मिति २०८१ माघ १८ मा सिफारिस भई नियुक्ति लिई कार्यरत रहेको २०८२ माघ २३ को नियुक्ति पत्रबाट पुष्टि भएको भन्दै उनलाई आयोगले अन्तावार्ताको सूचीबाट हटाएको थियो । समान तहको विज्ञापन नम्बर १७२३९- ०८२/८३ आन्तरिक प्रतिष्प्रर्धा स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, नवौँ तह, जनस्वास्थ्य प्रशासक पदमा उम्मेदवार कायम राख्न नमिल्ने देखिएको भन्दै लोक सेवा आयोग ऐन, २०७९ को दफा ३८ को उपदफा ३ बमोजिम भट्टको दरखास्त र परीक्षा समेत बदर गरी अन्तर्वार्ताका लागि प्रकाशित सूचीबाट नाम हटाइएको साता दिनपछि नै आयोगले निर्णय सच्चाएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

५१ नायब सुब्बाको सरुवा

नापी सर्भेक्षकको ३ करोड ७१ लाख अकुत सम्पत्ति

मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्रै बिदा

परराष्ट्रको दरबन्दी घटाउने सरकारको तयारीमा मन्त्रालयकै ‘अडान’, ओएन्डएम अलपत्र

‘२४ घण्टामै उपकरण, पहिरो पन्छाएर सडक सञ्चालन’ : चरिकोट डिभिजनको एक वर्षे यात्रा

अर्थ मन्त्रालयमा उपसचिव सरुवाको तयारी, करिब ६० जनाको सूची बन्दै

सल्लाहकारले सल्लाह दिन्छन कि ब्युरोक्रेसी हल्लाउछन् ?

१३ मन्त्रालयको कटौती,चार मन्त्रालयमा थपिए २२९ दरबन्दी

बिशेष