श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण मुद्दामा पक्राउ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव को स्वकीय सचिवालयमा कार्यरत एक कर्मचारी अपहरण तथा अमानवीय व्यवहारसम्बन्धी गम्भीर आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति सचिवालयमा हलुका सवारी चालकका रूपमा कार्यरत मुस्तकिम मियाँ हुन् ।

बिज्ञापन

सप्तरीको महादेवा गाउँपालिका–१ बल्थी स्थायी घर भई हाल राजविराज–३ पाख्रेल टोल बस्दै आएका २७ वर्षीय मियाँलाई सोमबार प्रहरीले राजविराजबाट नियन्त्रणमा लिएको हो । सप्तरी प्रहरीका अनुसार उनीविरुद्ध अपहरण, शरीर बन्धक, लुटपाट तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
प्रहरी अनुसन्धानअनुसार २०८२ फागुन १४ गते बिहान राजविराज–३ हनुमान चोकबाट राजु कुमार चौधरीलाई बन्दुक देखाएर अपहरण गरिएको थियो । दुई मोटरसाइकलमा पुगेको समूहले चौधरीलाई नियन्त्रणमा लिएर राजविराज–८ स्थित हिमालय राइस मिल पछाडिको सुनसान क्षेत्रमा पुर्‍याई कुटपिट गरेको आरोप छ ।

बिज्ञापन

पीडितले प्रहरीलाई दिएको जाहेरीअनुसार आरोपितहरूले आफूलाई अपमानजनक व्यवहार गर्दै भुईँमा थुकेर चाट्न बाध्य पारेका थिए । साथै मोबाइल, दुई तोला सुनको सिक्री र नगद एक लाख ३० हजार रुपैयाँ लुटेर नाङ्गै अवस्थामा छाडिएको दाबी गरिएको छ ।
घटनामा मुस्तकिम मियाँसहित चार जनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ । अन्य तीन जना भने अझै फरार छन् । जिल्ला अदालत सप्तरीले वैशाख २४ गते नै मियाँविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो ।

प्रहरीका अनुसार मियाँमाथि यसअघि पनि विद्युतीय अपराध र एक युवकलाई नाङ्गेझार बनाएर कुटपिट गरेको आरोपमा छुट्टै मुद्दा चलिरहेको थियो । ती दुवै प्रकरणमा उनी फरार सूचीमा रहेका बेला मन्त्रीको सचिवालयमा नियुक्त भएको तथ्य खुलेको छ ।
मियाँलाई २०८२ चैत २७ गते मन्त्री यादवको स्वकीय सचिवालयमा हलुका सवारी चालक पदमा नियुक्त गरिएको भेटिएको प्रहरीले जनाएको छ । अहिले उनको नियुक्ति प्रक्रिया र पृष्ठभूमि जाँचबारे समेत प्रश्न उठ्न थालेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष