ट्रेड युनियन खारेजी,चल अचल सम्पत्ति दम्पच बनाउने चलखेल

सरकारले दलनिकट कर्मचारी संगठन खारेजी गर्ने भएसँगै केही कर्मचारी संघ संघठने आफ्नो संस्थाको नाममा रहेको चल अचल सम्पत्ति दम्पच पार्ने तयारी गरिरहेको बुझिएको छ ।

बिज्ञापन

सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ जारी गरेसँगै कर्मचारी ट्रेड युनियनहरूको वैधानिक अस्तित्व समाप्त भएको छ । यसरी आफ्नो अस्तित्व नै समाप्त हुने स्थिति आएसँगै केही ट्रेड युनियनकर्मीहरुले आफ्नो संस्थाका नाममा रहेका चल- अचल सम्पत्तिहरु दम्पच पार्ने प्रक्रिया अगाडि बढाएको स्रोतहरुले जनाएका छन् ।

बिज्ञापन

राष्ट्रपतिबाट जारी अध्यादेशले निजामती सेवा ऐन, २०४९ को दफा ५३ नै फेरबदल गर्दै युनियनसम्बन्धी सबै प्रावधान हटाएको छ । यससँगै कर्मचारीहरूको ‘संगठित राजनीतीकरण’को स्वरूप अब कानुनी रूपमै अन्त्य भएको छ । अध्यादेशले विद्यमान निजामती सेवा ऐनको दफा २ को खण्ड ज १ र ज २ सहित दफा ५२ को प्रतिबन्धात्मक वाक्यांशमा रहेको ट्रेड युनियनको व्यवस्था भिकिदिएसँगै ट्रेड युनियनकर्मीहरुले आफ्नो खातामा भएको लाखौं रकम,संस्थाका माइन्यूट,ल्यापटप,कम्युटर,प्रिन्टर,सोफा लगायतका सामाग्रीहरु दम्पच बनाउने प्रक्रिया शुरु भएको जनाइएको छ ।

हाल अस्तित्वमा प्रमुख दलसम्बद्ध ६ वटा ट्रेड युनियन क्रियाशील छन् । एमाले निकटको नेपाल निजामती कर्मचारी संगठन, काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, मधेसी निजामती कर्मचारी मञ्च र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन अस्तित्वमा छन् । यी कर्मचारी संघ संगठनहरुलाई सरकारले जग्गा नै दिएको छ । सो जग्गामा भवन बनाएर अधिकांश कर्मचारी संगठनहरुले भाडामा लगाएर भाडा उठाउँदै खाँदै आएका थिए । तिनै कर्मचारी संगठनहरु खारेजी हुने भए सँगै खातामा रहेको लाखौं रकम निकाल्ने,संस्थाका नाममा रहेका मंहगा ल्यापटप,डेस्कटप,प्रिन्टरहरु गायब बनाउने प्रक्रिया शुरु भएको एक कर्मचारी ट्रेड युनियनकर्मीले कर्मचारी प्रेसलाई बताएका छन् ।

बिज्ञापन

कर्मचारी नेताहरुका अनुसार, माओवादी निकट कर्मचारी संघठनको खातामा ५० लाख हाराहारी रकम रहेको छ । यस्तै एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको खातामा ७० देखि ८० लाख मौज्जात रहेको बताइएको छ भने युनियनको खातामा एक करोड भन्दा बढी रकम रहेको बताइएको छ । सोही रकम निकाल्ने तयारीमा रहेका छन्,केही ट्रेड युनियनकर्मीहरु । माओवादी निकट कर्मचारी संगठनको कार्यालयकै नाममा पाँच सेट ब्राण्डेड ल्यापटप,प्रिन्टर,सोफा सेट रहेको छ । यी र यस्ता सामाग्री गायब बनाउने र खातामा रहेको लाखौं रकम दम्पच पार्ने तर्फ कर्मचारी नेताहरु अग्रसर रहेको स्रोतको भनाई छ । सो सम्पत्ति समेत जफत गरिनुपर्ने आवाज उठ्न थालेको छ,कर्मचारीहरुबाटै ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सम्पत्ति शुद्धीकरणको राडारमा सीईओ,सञ्चालक समितिले गर्यो पदमुक्त

प्रदेश मुख्यमन्त्रीको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा

जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

ट्रेड युनियन खारेजी,चल अचल सम्पत्ति दम्पच बनाउने चलखेल

यस्ता छन् आजका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

सरकार र शीतलनिवास टकरावको संकेत

आवाज दबाएर समृद्धि ? कर्मचारी वृत्तबाट गम्भीर प्रश्न

मन्त्रिपरिषद्को बैठक बस्दै,मन्त्रालय खारेजी र मर्ज मुख्य एजेण्डा

बिशेष