समाचारप्रति सिडिइ अधिकारीको आपत्ति : पेशागत मर्यादा नाघेर कुनै काम नगरेको जिकिर

कर्मचारी प्रेस डटकममा विभिन्न मितिमा प्रकाशित समाचारप्रति सिनियर डिभिजन इन्जिनियर कल्पना अधिकारीले आपत्ति जनाएकी छिन् । उनले कर्मचारी प्रेस डटकममा खण्डन सामग्री पठाउँदै प्रकाशित समाचार सामाग्रीमा लगाइएका आरोपहरुप्रति खेद प्रकट गरेकी छिन् । सडक विभाग र मातहतका निकायमा आफ्नो जागिरे जीवनको डेढ दशक लामो करिअरमा पेशागत उच्च नैतिकता कायम राखेर काम गरेको उल्लेख गर्दै  आफ्नो पेशागत आचरण, निष्ठा र इमानदारीमाथि प्रश्न उठाउँदै प्रकाशित समाचार सामाग्रीका कारण व्यक्तिगत मर्यादामा प्रतिकूल असर समेत परेको उल्लेख गरिएको छ । समाचारमा उल्लेख गरिएझैं आजको मितिसम्म पेशागत मर्यादाभन्दा बाहिर गएर कसैसँग  अनैतिक वा गैरकानूनी गतिविधि गरी अनुचित लाभ नलिएको उल्लेख गरेकी छिन् । आफ्नो जागिरे जीवनको यो कालखण्डसम्ममा व्यक्तिगत लाभको लागि अर्थात पदस्थापना तथा सरुवामा भाग नलिएको र कुनै बाह्य शक्ति केन्द्रको प्रभावमा काम समेत नगरेको स्पष्ट पारेकी छिन् ।

बिज्ञापन

कुनै कर्मचारीको सरुवा गर्ने बिषय सम्बन्धित मन्त्रालय,विभागको विशेषाधिकार रहेको उल्लेख गर्दै एक सार्वजनिक सेवकको रूपमा मन्त्रालय अर्थात विभागले जहाँ र जुन निकायमा खटाउँछ,सोही निकायमा गएर सेवा गर्न आफू बाध्य रहेको र सरकारले विश्वास गरेर खटाएको तथा पदस्थापन गरेका निकायमा आफूले अत्यन्तै इमान्दारिता, व्यावसायिकता र प्रतिबद्धताका साथ आफ्ना जिम्मेवारीहरू पूरा गरेको बताएकी छिन् ।

बिज्ञापन

समाचारमा उल्लेख गरिएजस्तो आफ्नो सरुवाका लागि कुनै ठेकेदारहरूले पैरवी गरेको वा आफ्नो निहित स्वार्थका लागि परियोजनासँग सम्बन्धित निर्णयहरूलाई प्रभाव पारेको आरोपहरू पूर्णतया आधारहीन र भ्रामक रहेको भन्दै ती सामाग्रीको खण्डन गरेकी छिन् । यस्तै निजामती पुरस्कारको सवालमा समेत आफूले पेश गरेका कुनै कागजातहरु गलत नरहेको र सबै कागजातहरू र प्रमाणहरू सम्बन्धित अधिकारीहरूद्वारा कुनै पनि समयमा सही र प्रमाणीकरणयोग्य दावी गरिएको छ । यस्तै आफ्नो करिअर अवधिमा हालसम्म तीनवटा वैदेशिक कार्यक्रममा भाग लिएको उल्लेख गर्दै यसरी वैदेशिक कार्यक्रममा मनोनयन गर्ने काम विधिवत भएको उल्लेख प्रेषित खण्डमा उल्लेख गरिएको छ । प्रकाशित समाचारमा आफ्नो तस्विरको अनधिकृत प्रयोग भएको र  समाचार प्रकाशन अघि कुनै सोधपुछ समेत नगरिएको,एकतर्फी रुपमा समाचार प्रकाशन गरिएको प्रति भ्रामक तथा तथ्यहीन समाचार प्रकाशनप्रति खेद समेत गरेकी छिन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

हिजो विज्ञापन रद्ध,आजै दरखास्त आह्वान

बिशेष