एनसेल टावरमा बम पड्कियो

सिन्धुलीको एक एनसेल टावरमा बम विस्फोट भएको छ। बुधबार मध्यराति एक समूहले टावरमा कुकर बम विस्फोट गराएको हो।

बिज्ञापन

सिन्धुलीको कमलामाई नगरपालिका–५ गैयाटार स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ।बुधबार मध्यराति करिब १ बजेतिर विस्फोट भएको स्थानीय बासिन्दाको भनाइ छ।

बिज्ञापन

गए राति नचिनेको मानिसको समूहले एनसेल टावरको उत्तरतर्फको तारको जाली काटी प्रवेश गरी टावरमा कुकुर बम विस्फोट गराएको र विस्फोटबाट टावरको बक्समा क्षति पुगेको सिन्धुली प्रहरीले जनाएको छ ।

टावरको परिसरभित्र र बाहिर ‘पिपुल्स लिबरेशन आर्मी’ जनमुक्ति सेना लेखिएको १५ थान पर्चा पम्प्लेट पनि फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल कुमार खड्काले बताए। घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

परराष्ट्रको दरबन्दी घटाउने सरकारको तयारीमा मन्त्रालयकै ‘अडान’, ओएन्डएम अलपत्र

‘२४ घण्टामै उपकरण, पहिरो पन्छाएर सडक सञ्चालन’ : चरिकोट डिभिजनको एक वर्षे यात्रा

अर्थ मन्त्रालयमा उपसचिव सरुवाको तयारी, करिब ६० जनाको सूची बन्दै

सल्लाहकारले सल्लाह दिन्छन कि ब्युरोक्रेसी हल्लाउछन् ?

१३ मन्त्रालयको कटौती,चार मन्त्रालयमा थपिए २२९ दरबन्दी

कुन सेवामा कति दरबन्दी कटौती ?

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

बिशेष