पछिल्लो समय आन्तरिक राजश्व विभागमा महानिर्देशक टार्गेटमा परेका छन् । विगत १४ महिनादेखि सो विभागको कमाण्ड गरिरहेका उनलाई एउटा समूहसँग जोडेर टिका टिप्पणी शुरु भएको छ ।
विभाग आउनु अघि दाहाल अर्थ मन्त्रालयमा कार्यरत थिए । केही समय वीमा समितिको अध्यक्ष चलाए । श्रम विभाग,श्रम तथा व्यवसायजन्य विभाग,अघि राजश्व अनुसन्धान विभागको महानिर्देशक थिए। दाहाल राजश्व अनुसन्धान विभागको महानिर्देशक हुँदा एउटा प्रभावशाली बैङ्कको कर छलीसम्बन्धी अनुसन्धानमा मुख्य व्यक्तिहरूको बयान लिएका थिए । पाँच अर्ब कर छलीको फाइल खोलेर चर्चामा आएका सहसचिव हुन उनी ।
बिज्ञापन
एक निजी बैंकविरुद्ध अर्बौ राजश्व छलीको अभियोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको राजश्व अनुसन्धान विभागले बैंकका एक पछि उच्च अधिकारीहरुसँग बयान लिँदा लिँदै उनी सरुवामा परेका थिए । सो विभागका नयाँ कमाण्डरका रुपमा मदन दाहाल खटिएसँगै झण्डै ६ बर्ष अगाडिको राजश्व छलीको फाइल खोतलेर अर्बाै रकम राज्यमा दाखिला गराउने कामको उत्खनन गरेका थिए । सो बैंकले ०७० सालदेखिकै तिनुपर्ने राजस्व दाखिला नगरेको भेटिएपछि राजश्व अनुसन्धान विभागमा बसेर एक पछि अर्को पदाधिकारी तथा कर्मचारीलाई केरकार र अनुसन्धान गरे यो मुद्धामा सर्वाेच्चमा लगिएको थियो ।
दाहाल राजश्व अनुसन्धान विभागको महानिर्देशक हुँदा एउटा प्रभावशाली बैङ्कको कर छलीसम्बन्धी अनुसन्धानमा मुख्य व्यक्तिहरूको बयान लिनुअघि सरुवा भएको चर्चा चलेको थियो। त्यहाँबाट उनी ६ महिना वैदेशिक रोजगार विभागको नेतृत्व सम्हाले । दाहालले मेनपावर कम्पनीहरूको लाइसेन्स खारेज गर्नेदेखि निलम्बन गर्ने सम्मको काम सहित वैदेशिक रोजगारीको क्षेत्रमा सुधारको काम गर्दै थिए । म्यानपावरवालाहरु उनको सरुवा गर्ने शक्तिकेन्द्र धाइरहेका थिए । अन्तत म्यानपावरका मालिकहरुको चाह पूरा भएको थियो । वैदेशिक रोजगार ऐन विपरीत काम गर्ने केही म्यानपावर कम्पनीहरूलाई खारेज गरेका पनि थिए। उनले आफ्नो कार्यकालमा २ वटा मेनपावर व्यवसायीको लाइसेन्स खारेज गरेका थिए । १६ मेनपावर व्यवसायीलाई निलम्बन गरेका छन् भने ३२ वटा नयाँ मेनपावर कम्पनी दर्ता गराएका छन् । वैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्दै सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हितको संरक्षणमा लागिरहँदा उनी सरुवामा परेका थिए । त्यहाँबाट सरुवा गरेर श्रम तथा व्यवसायजन्य विभाग अर्थ हुँदै केही समय वीमा प्राधिकरणको नेतृत्व गरेका दाहाल अहिले आन्तरिक राजश्व विभागको कमाण्डर छन् ।































