आन्तरिक राजस्व विभाग,भन्सार,सम्पत्ति शुद्धीकरण,राजश्व अनुसन्धान विभागमा विचौलिया दिपक भट्टले आफू अनुकुलका कर्मचारीहरु लैजाने गरेको बिषय बाहिर आएको छ ।निजामतीभित्र यस्ता कर्मचारीहरुले पनि छन्,जो जागिरे जीवनमा एक पटक बैदेशिक अध्ययन वा तालिमको अवसर पाउँदैनन् । तर १४ पटकसम्म जागिरे जीवनमा तालिम लिने कर्मचारी पनि यही छन् । जागिरे जीवनमा एक पटक कुनै विभागको नेतृत्व गर्न नपाउने सहसचिवहरु पनि यही छन् । राजश्व अनुसन्धान,वैदेशिक रोजगार,आन्तरिक राजश्व जस्ता सबैभन्दा शक्तिशाली विभागमात्रै घुमिरहने प्रशासकहरु पनि यही छन् । यो सबै घटनाक्रमका पछाडि शक्तिशाली विचौलियाहरुको साथ रहेको बिषय बाहिरिएको छ,यद्यपि अनुसन्धानकै प्रक्रियामा रहेको छ यो बिषय ।
बिज्ञापन
दिपक भट्टका हित अनुसार काम गर्दै आएका आधा दर्जन उच्च प्रशासकहरु सम्पत्ति शुद्धीकरणको राडारमा परेका भए पनि सेटिङमा ती प्रशासकहरुको मुद्धा सम्पत्ति शुद्धीकरणतर्फ नभइ अख्तियारमा पठाइने तयारी चल्दैछ । बिचौलिया दीपक भट्ट र उनका अंशियार तथा व्यापारिक साझेदार शंकर ग्रुपका शुलभ अग्रवालका बाबुछोरालाई अनियमित कारोबारमा वर्षौंदेखि प्रशासनिक सहयोग गर्दै आएका केही पूर्व सचिव, केही बहालरत सचिव, सहसचिव अनुसन्धानको राडारमा परेका भए पनि उनीहरु उपर सम्पत्ति शुद्धीकरणले मुद्धा अख्तियारमा बुझाएको बुझिएको छ ।
दिपक भट्ट इन्फिनिटी होल्डिङ्सका प्रमुख हुन्। ‘सत्ता–शक्ति’मा रहेका दलका नेता, सार्वजनिक ओहदाधारी पदाधिकारी तथा कर्मचारीलाई ‘हातमा लिएर’ ठूला सार्वजनिक खरिदका ठेक्का, जलविद्युत्, बैंक तथा बीमालगायत कम्पनीका लाइसेन्स हात पार्नेदेखि वार्षिक बजेटमा समेटिने करका दर हेरफेरसम्मका सन्दिग्ध गतिविधिमा संलग्न रहेको आरोप खेप्दै आएका उनी अहिले प्रहरी हिरासतमा छन् ।
बिचौलिया दीपक भट्टमाथि भइरहेको सम्पत्ति शुद्धिकरण अनुसन्धानको राडारमा तानिने भएसँगै उद्यमी शेखर गोल्छाले पदबाटै राजीनामा दिएका थिए । यस्तै,धितोपत्र वोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । यही प्रकरणमा जोडिएर गृह मन्त्री सुदन गुरुङले मन्त्री पदबाटै राजीनामा दिएका छन् ।
बिज्ञापन
स्रोतका अनुसार,हाल अर्थ मन्त्रालय मातहतका विभागका महानिर्देशक रहेका केही उपर बयान लिने तयारी भइरहेको छ । पहिलो चरणमा ‘म’ बाट नाम शुरु हुने तीन जना उच्च तहका कर्मचारीहरु अनुसन्धानको राडरमा तानिएका छन् । यसबीच केहीसँग बयान लिइसकेको बुझिएको छ । यो प्रकरणमा तत्कालीन सचिव,बहालवाला ६ जना सहसचिवहरु राडारमा तानिएको छन् । यस्तै,काठमाण्डौ महानगरको प्रमुख कार्यकारी रहिसकेका र उध्योग मन्त्रालय सम्बध्द राजेश्वर ज्ञवालीलगायतलाई पनि भट्टसँगको कनेक्सनमा जोडिएको छ । उनी हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको द्धिपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख छन् । यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव दिनेशकुमार घिमिरेदेखि आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालसम्म सम्पत्ति शुद्धीकरणको ‘राडार’मा परेको पाइन्छ।
वैदेशिक रोजगार विभागको महानिर्देशकसमेत रहिसकेका झापाली दाहाल कहिल्यै नरम कार्यालयमा नबस्ने प्रशासकका रुपमा चिनिन्छन् । उनी वैदेशिक रोजगार विभागको डिजी रहँदा घुसकाण्ड मच्चिएको थियो । थाहा पाएकी सहसचिव पार्वती अर्यालले ‘नागरिकले दुःख पाए, डिजी राम्रा भएनन्,’ भन्दै तत्कालीन श्रमसचिव केवलप्रसाद भण्डारीसँग गुनासो गरिन् । सचिवले मन्त्री शरतसिंह भण्डारीसँग मदनलाई हटाउन अनुरोध गरे । तर, शरतसिंहले उल्टो सचिव सरुवा गरिदिए । त्यसपछि श्रमसचिवमा एकनारायण अर्यालको आगमन भएपछि त्यहाँ पार्वती अर्याललाई लगिएको थियो । विभाग आउनु अघि दाहाल श्रम मन्त्रालयमा थिए। त्यस अघि राजश्व अनुसन्धान विभागको महानिर्देशक थिए। दाहाल राजश्व अनुसन्धान विभागको महानिर्देशक हुँदा एउटा प्रभावशाली बैङ्कको कर छलीसम्बन्धी अनुसन्धानमा मुख्य व्यक्तिहरूको बयान लिएर अन्तिममा त्यतिकै ढिसमिस पारिएको थियो ।सदैव हाइप्रोफाइल कार्यालय हाक्ने अवसर पाएका सहसचिव,मदन दाहाल राजश्व अनुसन्धान विभाग,श्रम विभाग,श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग,वीमा प्राधिकरणको अध्यक्ष हुँदै आन्तरिक राजश्व विभागका महानिर्देशक छन्,१४ महिनादेखि ।































