तीन दिनमै टुंग्याउनुपर्ने फाइल दुई महिनादेखि थन्कियो : सिन्धुपाल्चोकका सिडिओ विवादमा

सिन्धुपाल्चोक जिल्लामा खरिदार तहका कर्मचारीहरूको बढुवा प्रक्रिया लामो समयदेखि अलपत्र पर्दा कर्मचारीहरू तनावमा परेका छन्। अन्य जिल्लाहरूमा बढुवा प्रक्रिया टुंगो लागेर कतिपय कर्मचारीले नियुक्तिसमेत लिइसकेको अवस्थामा सिन्धुपाल्चोकमा भने सामान्य प्रक्रिया अघि बढाउनसमेत ढिलाइ भएको भन्दै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीमाथि प्रश्न उठ्न थालेको छ।

बिज्ञापन

खरिदार तहको बढुवाका लागि पुस ३० गतेदेखि आवेदन फारम खुला गरिएको थियो भने फागुन ५ गतेसम्म अन्तिम मिति तोकिएको थियो। सिन्धुपाल्चोकबाट ६ जना कर्मचारीले आवेदन दिएका छन्। तीमध्ये तीन जना ज्येष्ठताका आधारमा र एक जना कार्यक्षमताका आधारमा बढुवा हुने व्यवस्था रहेको छ। तर आवेदन परेको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालयले बढुवा सम्बन्धी सूचना समेत प्रकाशन नगरेको कर्मचारीहरूको गुनासो छ।

बिज्ञापन

नियमअनुसार जिल्ला तहमा हुने यस्तो बढुवा प्रक्रिया प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन हुने समितिबाट सम्पन्न हुने व्यवस्था छ। उक्त समितिमा कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रकसहित अन्य सम्बन्धित कार्यालयका प्रतिनिधि सदस्य रहने प्रावधान रहेको कर्मचारीहरू बताउँछन्। तर समितिको बैठक नै समयमा नबस्दा प्रक्रिया अघि बढ्न नसकेको आरोप लागिरहेको छ।

कर्मचारीहरूका अनुसार सुरुमा निर्वाचन आचारसंहिताको बहाना देखाउँदै प्रक्रिया रोकियो। पछि निर्वाचनको व्यस्तता भन्दै ढिलाइ गरियो। त्यसपछि “प्रक्रियामा छौं” भन्ने जवाफ दिइयो भने पछिल्लो समय “नम्बर जोड्ने काम भइरहेको छ” भन्दै समय टारिएको आरोप कर्मचारीहरूको छ।

बिज्ञापन

छ जना कर्मचारीको मूल्याङ्कन अंक जोड्न मात्र दुई महिनाभन्दा बढी समय लाग्नु प्रशासनिक अक्षमताको उदाहरण भएको उनीहरूको भनाइ छ। “कर्मचारीको नम्बर जोड्न यत्रो समय लाग्ने हो भने सेवाग्राहीको काम कसरी छिटो होला?” भन्ने प्रश्नसमेत कर्मचारीहरूले उठाएका छन्।

२०७८ सालको कर्मचारीको बढुवा हुँदा २०६९ का सिनियर कर्मचारीहरू अहिले ‘पेन्डुलम’ जस्तै अवस्थामा पुगेको कर्मचारीहरू बताउँछन्। अन्य जिल्लामा प्रक्रिया टुंगो लागिसक्दा सिन्धुपाल्चोकमा भने अझै सूचना नै ननिस्कनुले कर्मचारीहरूमा असन्तोष बढेको छ।

यसबीच सरकारले प्रशासनिक ढिलासुस्ती रोक्न कडा निर्देशन दिएको छ। प्रधानमन्त्री बालेन शाहले सरकारी कार्यालयमा तीन दिनभन्दा बढी फाइल होल्ड गर्न नपाइने निर्देशन दिएका छन्। तर सिन्धुपाल्चोकमा भने महिनौँसम्म बढुवासम्बन्धी फाइल रोकिएको भन्दै उक्त निर्देशनको अवज्ञा भएको आरोपसमेत उठेको छ।

अब यस विषयमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङले  के कदम चाल्छन् भन्ने चासो कर्मचारी वृत्तमा बढ्दै गएको छ। सिन्धुपाल्चोकमा बढुवा प्रक्रिया कहिले टुंगोमा पुग्छ भन्ने प्रश्न अझै अनुत्तरित रहेको छ।

फाइल थन्क्याउने कर्मचारीमाथि कारबाही चेतावनी, सरकारले ल्यायो ‘शून्य बाँकी फाइल’ अभियान

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२४ घण्टाभित्रै सवारी साधनको विवरण उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन

ओएनएमको राष्ट्रिय मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृत,यस्ता छन् अरु सात निर्णय

नयाँ सरकार बनेको तेस्रो साता, तेस्रो वैदेशिक ऋृण स्वीकार

पूर्व न्यायधीशको संयोजकत्वमा सम्पत्ति जाँचबुझ अयोग गठन

नेपालको हुलाक सेवाको पुनर्संरचना: बालेन सरकारका लागि अवसर

लेखापाल,लेखा अधिकृतदेखि प्रदेशका सचिवसहित १६ विरुद्ध भ्रष्टाचार मुद्धा

अब बर्षमा चार महिना बन्द हुनेछन् सरकारी कार्यालय र शिक्षण संस्था

ट्रेड युनियन प्रतिवन्ध : लोकतन्त्र विरोधी कदम

बिशेष