निमित्तको राज अन्त्य गर्दै सरकार,बेलुकासम्ममा सरुवा हुँदैछन् ४३ उपसचिव

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्त प्रमुख प्रशासकीयको राज अन्त्य गर्ने तयारी गरेको छ । मन्त्रालयले यस अघि ७८ जना शाखा अधिकृतहरुलाई एकै पटक स्थानीय तहको प्रमुख प्रशासकीइ अधिकृतको जिम्मेवारी दिएर खटाइ गाउँपालिकामा निमित्त निमिट्यान्न पारेको थियो । अब आजै साँझसम्ममा निमित्त प्रमुख प्रशासकीय अधिकृतले चलाइरहेका नगरपालिकामा कन्र्फम प्रमुख प्रशासकीय अधिकृतलाई खटाउने तयारी गरेको छ ।
हालदेशभरका ४३ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विहिन छन् । त्यस्ता स्थानमा मन्त्रालयले उपसचिवहरुलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाउन लागेको हो । यस अघि शाखा अधिकृतहरुलाई गाउँपालिकामा खटाइँदा स्थानीय तहमा नगएका,सिंहदरबारभित्रै बसेर रजगज गरेका कर्मचारीहरु प्रथामिकतामा रहेका छन् ।

बिज्ञापन

मन्त्रालय स्रोतका अनुसार गृह मन्त्रालयबाट मात्र ९ जना उपसचिवहरुलाई निकालेर स्थानीय तहमा पठाइँदैछ । शहरी सचिव र सहसचिवहरुले च्यापेर शहरी विकास तथा भवन निर्माण विभागमा खटाउने तयारी गरिरहेका उपसचिवद्धय बैकुण्ठ उपाध्याय र इन्दिरा थापाको नाम समेत सरुवाको सूचीमा छ । बेलुकासम्ममा सूची फेरबदल भएन भने उनीहरु पनि स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनेर नगरपालिका पुग्नेछन् । यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमा जरा गाँढेर बसेका ५ उपसचिवहरुलाई मन्त्रालयबाट निकालेर नगरपालिकामा खटाइँदैछ । यो सूचीमा जागिर प्रवेश गरेदेखि २७ बर्ष सिंहदरबारमै डेरा जमाएर बसेका उपसचिवको नाम पर्दछ वा पर्दैन,त्यो हेर्न बाँकी छ ।

बिज्ञापन

मन्त्रालयले लामो समयदेखि सिंहदरबारस्थित मन्त्रालय,कार्यालय,आयोगहरुमा डेरा जमाएर बसेका,ज्येष्ठता र हालसम्म स्थानीय तहमा अनुभव नभएका उपसचिवहरुलाई त्यहाँबाट निकालेर स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी गरिरहेको जनाएको छ । यो सूचीमा गृहका ९,सामान्यकै ५,शहरीका २ र अन्य मन्त्रालयका गरी ४३ जना खटन पटन हुन लागेको मन्त्रालय स्रोतले जनाएको छ ।

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

सात नायब सुब्बा शाखा अधिकृतमा बढुवा सिफारिस

लगनखेल मालपोतको प्रमुख कुर्सी खाली, उपसचिवहरूको दौडधुप सुरु

अवकाशोन्मुख उच्चपदस्थ कर्मचारीलाई पनि ‘ई–पेन्सन’ सेवा लिन महानिर्देशक पोखरेलको आग्रह

बिशेष