गोरखालीको महागाथा

ढुङ्गामा देउता देख्ने तिम्रो पावन दृष्टि,
रगतले इतिहास कोर्ने साहसको बेग्लै सृष्टि।
सगरमाथाको सान तिमी, गोर्खालीको मान,
सहिदको रगतले सिञ्चित यो पावन माटोको शान।

बिज्ञापन

झुकेनन् ती वीरहरू, ढलेनन् ती शीरहरू,
मुक्ति र न्यायका निम्ति बगाएका ती वीरहरू।
तिनै सहिदको सपनाको जगमा उभिएको छ यो देश,
बदल्नु छ अब हामीले यसको रङ्गरुप र भेष।

बिज्ञापन

जेन्जी विद्रोहको त्यो राप, त्यो नयाँ चेतको आँधी,
तोड्दैछ आज भ्रष्टाचार र बेथितिको बाँधी।
संविधानका अक्षरमा अब जनताको न्याय बोल्छ,
सुशासनको एउटा नयाँ सुनौलो ढोका खुल्छ।

म बन्नेछु तिम्रो विकासको त्यो सारथी,
जहाँ जलविद्युतका धार र सुरुङका नयाँ रथी।
खेतका फाँटमा आधुनिकता, सहरमा प्रविधिको सञ्जाल,
मेटिनेछ अब गरिबी र बेरोजगारीको त्यो कालो जाल।

बिज्ञापन

उन्नेछौ जब तिमी विजय र समृद्धिको माला,
हट्नेछ अँध्यारो, बल्नेछ गाउँ गाउँमा उज्यालो ज्वाला।
म साथ दिनेछु तिमीलाई हरेक पाइला र मोडमा,
लेखिनेछ नयाँ इतिहास, यो राष्ट्र निर्माणको दौडमा।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तीन हप्तामा ४३ उपसचिव, ६ जना सहसचिव सहित १७८ जना कर्मचारीले दिए राजीनामा

राष्ट्रिय कितावखाना र कर्मचारी सञ्चयकोषबीच समझदारी, सेवा प्रणाली अन्तरआबद्ध हुने

सेनाका दुईतारे जर्नेललाई चिकित्सा शिक्षा आयोगको जिम्मेवारी

५५ वर्षमै अनिवार्य अवकासको प्रस्तावमा कानुन मन्त्रालयको असहमति, निजामती विधेयक डेढ महिनादेखि रोकियो

बिहिबार मध्यरातीदेखि सूत्र प्रणाली बन्द

भन्सारमा दोह्राएर महानिर्देशक बने भुसाल

भ्रष्टाचार मुद्धा चलेको १३ महिनापछि ८ कर्मचारीले पाए सफाइ

सरकारले ट्रेड युनियन खारेज गर्ने मनशाय राखेको छैनः मन्त्री यादव

बिशेष