प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

काठमाडौं । लामो समयसम्म प्रभावहीन भन्दै ‘भुत्ते’ भनेर आलोचना हुने गरेको राष्ट्रिय सतर्कता केन्द्र पछिल्लो समय सक्रिय रूपमा अगाडि बढ्न थालेको छ। बालेन शाह प्रधानमन्त्री बनेपछि केन्द्रको गतिविधि बढेको र कामको गति तीव्र भएको बताइन्छ।

बिज्ञापन

स्रोतका अनुसार प्रधानमन्त्री शाहले केन्द्रका सचिव सर्जु कुमार बैद्य लाई दैनिक २० भन्दा बढी उजुरी फर्छ्योट गर्न ठाडो निर्देशन दिएका थिए। यसअघि सरकारी संरचनामध्ये सबैभन्दा उपेक्षित निकायका रूपमा हेरिने सतर्कता केन्द्रलाई सक्रिय बनाउन उक्त निर्देशन महत्वपूर्ण भएको बताइन्छ।

बिज्ञापन

यसैबीच, कर्मचारीसम्बन्धी समाचार प्रकाशन गर्दै आएको कर्मचारी प्रेस ले सतर्कता केन्द्रभित्रका विकृति र निष्क्रियताबारे पटक–पटक समाचार प्रकाशित गरेपछि पनि केन्द्रलाई काम देखाउन दबाब बढेको थियो। त्यसपछि पछिल्लो समय केन्द्रले अनुगमन र उजुरी व्यवस्थापनलाई तीव्र बनाएको स्रोत बताउँछ।

हाल केन्द्रले सरकारको शासकीय सुधार कार्यक्रमअनुसार कार्यालय समय पालन तथा सार्वजनिक सेवा प्रवाहको अवस्थाबारे बुझ्न राजधानीबाहिर नौ जिल्लामा अनुगमन टोली परिचालन गरेको जनाएको छ।

बिज्ञापन

केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्ट का अनुसार आजदेखि लागू भएको परिमार्जित कार्यालय समय बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म कायम गरिएको छ। सो समयको पालना भए–नभएको, कर्मचारीको उपस्थिति, तोकिएको काम सम्पन्न भएको अवस्था तथा सेवाग्राहीका काम समयमै भएका छन् कि छैनन् भन्ने विषयमा टोलीहरूले छड्के अनुगमन गरिरहेका छन्।

उनका अनुसार अनुगमनका क्रममा कहीं ढिलासुस्ती वा सेवा अवरोध भएको भेटिएमा केन्द्रले तत्काल सुधारका लागि निर्देशन दिनेछ। साथै, भ्रष्टाचार वा नियमविरुद्धका गतिविधि फेला परेमा विवरणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा पठाइने प्रक्रिया अघि बढाइनेछ।

सतर्कता केन्द्रले सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउने र भ्रष्टाचार नियन्त्रणमा आफ्ना स्रोत र जनशक्ति परिचालन गरिएको जनाएको छ। दैनिक रूपमा काठमाडौं उपत्यकाका मन्त्रालय, विभाग तथा सरकारी कार्यालयहरूमा समयपालन, फाइल ट्र्याकिङ तथा सेवा प्रवाहको अवस्थाबारे छड्के अनुगमन गरी प्रतिवेदन तयार गर्ने काम निरन्तर जारी रहेको प्रवक्ता भट्टले जानकारी दिएका छन्।

प्रधानमन्त्री मातहतकै सतर्कता केन्द्र ‘सुत्केरी’, अनुसन्धान होइन गोष्ठीमै रमाइलो

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

प्रधानमन्त्रीका स्वकीयको फोनपछि सतर्कता केन्द्रमा तरंग, सचिव तनावमा

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बिशेष