तत्कालीन गृहसचिव र सिडिओ तत्काल पक्राउ नपर्ने

जेनजीको आन्दोलन दमनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । यस्तै सोही क्याविनेटका उर्जामन्त्री दीपक खड्का पनि आज बिहान मात्र पक्राउ परेका छन् ।
जेनजी आन्दोलनमा दमनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको थियो । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले २३ र २४ भदौमा भएको जेन जी आन्दोलनबारे गरेको अध्ययन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको थियो । यस्तै, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा पनि कारबाही सिफारिसमा परेका छन् । वर्तमान आईजीपी दानबहादुर कार्कीलाई पनि नसियत दिन आयोगले सिफारिस गरेको छ ।

बिज्ञापन

यस्तै,गृह सचिव गोकर्णमणि दुवाडी काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालविरुद्ध दफा १८२ अनुसार कारबाही गर्न सिफारिस गरिएको भए पनि उनीहरु तत्काल पक्राउ नपर्ने भएका छन् । सो प्रतिवेदनमा नेपाल प्रहरीका एआईजी सिद्धविक्रम शाह, डीआईजी ओमबहादुर राना, एसएसपी विश्व अधिकारी, एसएसपी दीप शम्शेर, र इन्स्पेक्टर ऋषिराम कँडेललाई प्रहरी ऐन र नियमावलीअनुसार कारबाही गर्न सिफारिस गरिएको छ ।

बिज्ञापन

यस्तै, अपरेसन कमाण्डर नारायणदत्त पौडेल, वाहिनीपति सुरेशकुमार श्रेष्ठ, र एसपी जीवन केसीलाई सशस्त्र प्रहरी ऐन र नियमावलीअनुसार कारबाही गर्न सिफारिस गरिएको छ । सो प्रतिवेदनमा राष्ट्रपति भवन शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार सचिवालय र संसद् भवनको सुरक्षामा खटिएका चार नेपाली सेनाका कमाण्डर अधिकारीहरू :  मनोज बैदवार, दिवाकर खड्का, गणेश खड्का र सन्तोष ढुंगेललाई सैनिक ऐनअनुसार कारबाही गर्न सिफारिस गरिएको भए पनि राजनीतिक नेतृत्वलाई मात्र तत्काल कारवाही गर्ने प्रशासनिक र सुरक्षा संयन्त्रमा रहेकाहरुलाई तत्काल कारवाही नगर्ने भनिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सो प्रतिवेदनमा केपी शर्मा ओली,रमेश लेखक,तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी,तत्कालीन काठमाडौंकौ प्रमुख जिल्ला अधिकारी छवि रिजालसहित सात जनालाई मुद्दा चलाउन सिफारिस गरिएको भए पनि सुरक्षा संयन्त्रको परिभाषाभित्र तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाललाई पनि राखिएको कारण उनीहरु तत्काल पक्राउ नपर्ने भएका हुन ।  सुरक्षा संयन्त्रको हकमा थप अध्ययनपछि र राजनीतिक नेतृत्वको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय भएको थियो । सोहीअनुसार शनिबार नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकिएको छ।

बिज्ञापन

यसैबीच गृह मन्त्रालयले जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वनका लागि शनिबार प्रहरीकहाँ पठाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

तत्कालीन गृहसचिव र सिडिओ तत्काल पक्राउ नपर्ने

पूर्वमन्त्री खड्का पक्राउ,सम्पत्ति शुद्धीकरण मुद्धामा अनुसन्धान हुने

सार्वजनिक पद धारण गरेका नेता, उच्चपदस्थदेखि कर्मचारीको सम्पत्ति छानबिन हुने

४५ दिनभित्रै संघीय निजामती विद्येयक ल्याइने

दलीय ट्रेड युनियन खारेज गर्ने सरकारको तयारी

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

बिशेष