ठुली मैयाँ

पानी नपरे पछि
झरीले रुझाएन
खडेरीटरघले सेकाउँदा पनि
रुझाइ रह्यो मन
मन बुझाउने कोही भएन ।
छोरा छोरी फर्किएनन
मुग्लाने भए होलान तिनीहरु
या क्रान्तिमा होमिए
घाइते अपाङ्ग छन कि ?
या शाहदत प्राप्त गरि सके
मूलबाटो हेर्छु पिढीमा बसेर
साँझ रोएर आउँछ
गोधुलीमा देखिएका
किरिङ मिरिङ मान्छे हुन या बस्तुहरु
आँखाले भेउ नपाए पछि
ठुली मैयाँ आशाहीन सुसेली व्यक्त गर्दै
खोल्माको सहारा लिन्छे ।
भारो पर्म गर्ने कोही छैन
चुलो चौको स्याहार्ने कोही छैन
घाँस दाउरा पानी गर्ने पनि त कोही छैन
बुढा दमका रोगी छन
म पनि सत्तरी कटि सकें
एक्लै बुढो हडि घोड्नुको विकल्प छैन
साहुको मेला पात जाँदैछु
जीवनको रथ चलाउँन ।
ठुली मैयाँको विलौना सुनेर
म द्रवीभूत भएको छु
ठुली मैयाँको आफ्नै घर छैन
ठुली मैयाँको परिवार
सुकुम्बासी बस्तिमा बस्छ
कहिले हुण्डरीले उडाउँछ
कहिले सरकार डोजर चलाउँछ
असुरक्षाको सामना गर्दै
सुकुम्बासी बस्ति
रात भर जागा बस्छ
कोही भोकै छन
कोही नाङ्गै छन
कोकोहोलो मच्चिएको छ
सुकुम्बासी बस्ति भित्र ।
तीन पुस्ते ऋणले थिचिएर
घर खेत साहुले लुटे पछि
सुकुम्बासी बस्तिमा
विश्राम लिन आइ पुगेको हो
ठुली मैयाँको परिवार ।
ठुली मैयाँ भाग्यलाई दोष दिन्छे
दैवलाई  सराप्छे
भगवान पुकार्छे
ठुली मैयाँ अनपढ भएकै कारण
भाग्य साहुले खोसि दिन्छ
दैव उसैलाई लाग्छ
भगवान देब्रे हुन्छ
पीडा सहन गर्न नसके पछि
जङ्गेको गोडा मुनि
टुकु्रक्क बसी
ठुली मैयाँ मनमनै फुस्फुसाउँछे
जङ्गे !
तिम्रो र मेरो जीवन यात्रा
भगवानले देखी सहेन
घरवार खोस्यो
छोरा छोरीको खुट खबर छैन
डाँडाको जून घाम जस्तो हाम्रो जीवन
कसले स्याहार्ला ?
संगै मरिदैन होला
मरे पछि काज किरिया कसले गर्ला ?
सुन्दरहरैंचा –०६, दुलारी, मोरङ
९८४२०७३५२५

 

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

ठुली मैयाँ

कागजमा मात्र ९३ प्रतिशत प्रगति,सचिव र डिजीको कार्यसम्पादनबाट मन्त्री रुष्ट

अबदेखि आधा सिलिण्डर मात्रै ग्यास,उपभोक्तावादीको आपत्ति

यस्तो बन्दैछ वालेन क्याविनेट,सामान्य प्रशासनमा ढकालको चर्चा

अर्थमन्त्री खनाललाई राष्ट्रियसभामा मनोनित गरिने ‘च्याप्टर क्लोज’

आयल निगममा कार्यकारी निर्देशक चण्डिकाको मनपरी: अख्तियारको अनुसन्धान पनि अन्तिम चरणमा

बिशेष