भ्रष्टाचार मुद्धामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर र लेखापाल दोषी ठहर

विशेष अदालतले भ्रष्टाचार मुद्धामा ४ जना प्रतिवादीलाई क्लिन चिट दिएको छ भने पाँच जनालाई भ्रष्टचारी ठहर गरेको छ । धनुषाको हंसपुर नगरपालिकामा सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोग लागेकामध्ये तत्कालीन प्रमुख प्रशासकीय अधिकृत,लेखापाल,इन्जिनियरसहित पाँच दोषी ठहर भएका हुन भने पालिकाको तत्कालीन उपप्रमुख,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत,प्रशासन शाखा प्रमुख र खरिदारलाई क्लिन चिट दिएको हो ।

बिज्ञापन

पिपिसी ढलान योजनाको रकम भुक्तानीमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार गत असार ३२ मा पूर्वउपमेयर रेणुदेवी झासहित ९ जनालाई प्रतिवादी बनाउँदै मुद्धा दायर गरेको थियो । अख्तियारले तत्कालीन प्रशासकीय अधिकृत केशवकुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डल, इन्जिनियर दिनेशकुमार मण्डल, योजना शाखाका खरिदार शत्रुधन साह, लेखापाल नेत्र लुंगेली, सब इन्जिनियर विनोदकुमार मण्डल, खरिदार ज्ञानेन्द्रकुमार झा र देव कन्स्ट्रक्सन तथा उक्त कम्पनीका प्रोप्राइटर शुभचन्द्र मण्डलविरूद्ध मुद्दा चलाइएको थियो । आरोपपत्रमा आर्थिक बर्ष ७६/ ७७ को नगर सभाबाट स्वीकृत कार्यक्रमबाट सुगा निकास टोलदेखि कट्टी चोकसम्म पिपिसी ढलान गर्न १ करोड रूपैयाँ विनियोजन गरिएकोमा योजना कार्यान्वयनको चरणमा काम नगरी गलत नापी किताब तयारी गराई आपसी मिलेमतोमा ५२ लाख ७२ हजार १६८ रूपैयाँ हिनामिना गरेको आरोपपत्रमा उल्लेख थियो ।

बिज्ञापन

सोही मुद्धामा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पाँच जनालाई दोषी ठहर गरेको हो भने चार जनालाई क्लिन चिट दिएको हो । अदालतले इन्जिनियर दिनेश कुमार मण्डल र सब इन्जिनियर विनोद मण्डललाई गलत प्रतिवेदन पेस गरेको ठहर गर्दै जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । यस्तै, सो प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम लोचन मण्डल, लेखापाल नेत्र लुङ्गेली र निर्माण व्यवसायी (देव कन्स्ट्रक्सनका प्रोप्राइटर) शुभचन्द्र मण्डललाई जनही ४ महिना कैद सजाय सुनाएको छ । अदालतले बढी भुक्तानी भएको रकम ७ लाख ८१ हजार ८१८ रुपैयाँ तीनै जना (राम लोचन, नेत्र र शुभचन्द्र)बाट दामाशाहीले असुल गर्ने फैसला गरेको छ । साथै, अपराध पीडित संरक्षण ऐन बमोजिम जरिवानाको थप ४ प्रतिशत रकम क्षतिपूर्ति शुल्कबापत तिर्नुपर्नेछ ।
यही प्रकरणमा विशेष अदालतले नगरपालिकाकी उपप्रमुख रेणुदेवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, प्रशासन शाखा प्रमुख ज्ञानकुमार झा र खरिदार शत्रुघ्न शाहलाई भने सफाइ दिएको छ । उनीहरूको हकमा बदनियत पुष्टि हुने वस्तुनिष्ठ प्रमाण नदेखिएको अदालतको ठहर छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष