०८३ सालमा हुने सार्वजनिक बिदा निर्धारण,पञ्चांगमा एकै बर्ष थपिँदैछन् २५ चाडपर्व

सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

यद्यपि सार्वजनिक बिदाका दिनहरू निर्धारण भने भइसकेको छैन । यता, नेपाल पञ्चांग निर्णायक समितिले आगामी २५ वटा नयाँ चाडपर्व समावेश गरेको छ ।

जस अनुसार, वैशाख २ गते ललितकला दिवस,भाद्र ३ गते राष्ट्रिय सूचना दिवस, भाद्र २० गते बाबा गणीनाथ पूजनोत्सव,असोज ९ गते अनन्त चर्तुदशीका दिन कपल्लेकी जात्रा, कात्तिक २ गते जनबहाः कुछि भ्वय्, कात्तिक ६ गते तागा सेलाउने र कात्तिक २३ गते धुकु लक्ष्मी द्योः पूजा समावेश भएका छन् । मंसिर ७ गते वैकुण्ठ चर्तुदशी र गण्डकी परिक्रमा महोत्सव, मार्गशुक्ल पूर्णिमामा नानी भैली कर्णाली र मंसिर २८ गते हस्तकला दिवस थपिएका छन्। पौष कृष्ण पञ्चमीमा महांकालेश्वरी जात्रा थाक्रे, पुस मसान्तमा उरूका, पुस शुक्ल प्रतिपदामा कर्णालीमा ठूली भैली सुरु (पाँच दिनसम्म), पौष शुक्ल द्वितीयामा चेल्यातिहार कर्णाली र पौष शुक्ल पञ्चमीमा कर्णालीमा ठूली भैली समाप्ती गर्ने पर्व थपिएका छन्। माघे संक्रान्तिमा भोगाली बिहु, माघशुक्ल द्वादशीमा चैतलो, फागुन ४ गते सल्य दशमीको दिन विश्वनाथ मन्दिरमा मेला (पूजा हटाउने) थपिएका छन्।

बिज्ञापन

यस्तै, फागुन पूर्णिमामा तोन्पा जयन्ती, चैत्र १२ मा बारुवा (मार्सी धानको बिउ राख्ने), चैत्र २० गते विक्षेति र चैत्रशुक्ल त्रयोदशीमा चैतेली पर्व राखिएका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालय मातहत,सरुवा वोर्डले गर्नेछ कर्मचारी सरुवा

हिमालको निःशब्द करुण क्रन्दन

प्रधानमन्त्री बालेन शाहद्वारा सवारी खर्चको विवरण माग

१५९४ पदाधिकारी पदमुक्त हुँदा कसरी जोगिए गभर्नर ?

अनामनगरको सात तले भवनमा चल्यो डोजर

पूर्व प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

बालेन सरकारविरुद्ध पाँच लाख श्रमिक सडकमा उतार्ने अध्यक्ष ढकालको चेतावनी

मूल्यवृद्धिको मारमा उपभोक्ता: बिचौलिया, मिलेमतो र कमजोर राज्य नियमनको घातक चक्र

बिशेष