रसुवामा राष्ट्रिय युवासंघ पुनर्गठन: सुरेश थोक्रा अध्यक्ष चयन

रसुवा । राष्ट्रिय युवासंघ, नेपाल रसुवा जिल्ला कमिटीको पुनर्गठन गरिएको छ। जिल्ला अध्यक्ष कुमार नगरकोटीको अध्यक्षतामा सम्पन्न पुनर्गठन कार्यक्रममा पार्टी तथा संगठनका केन्द्रीय र जिल्ला तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बिज्ञापन

कार्यक्रममा केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश कमिटी सह–इञ्चार्ज सिर्जना लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने नेकपा (एमाले) रसुवा जिल्ला कमिटी अध्यक्ष कैसाङ नुर्पु तामाङ प्रमुख वक्ताका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी जिल्ला कमिटी सचिव पेम्बा लामा र राष्ट्रिय युवासंघका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज सुरज गुरुङ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

बिज्ञापन

पुनर्गठनबाट फुर्पा दिण्डुप थोक्रा (सुरेश) अध्यक्षमा चयन हुनुभएको छ।थोक्रा रसुवाको एक चर्चित युवा नेताको रूपमा स्थापित छन् ।  यस्तै उपाध्यक्षमा सन्तोष गुरुङ, सचिवमा सौरभ घिमिरे, सह–सचिवमा निमा साङबो तामाङ र बुद्धिमान तामाङ चयन भएका छन्। कोषाध्यक्षमा सूर्य बहादुर थोक्रा, तथा युथफोर्स विभाग प्रमुखमा हर्क तामाङ चयन गरिएको जनाइएको छ।

नवगठित कमिटीलाई बधाई दिँदै कार्यक्रममा वक्ताहरूले युवा संगठनलाई अझ सशक्त, अनुशासित र जनमुखी बनाउँदै जिल्लामा युवा आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन आग्रह गरेका थिए।

बिज्ञापन

साथै, राष्ट्रिय युवासंघ नेपालको सातौँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष कुमार नगरकोटी नेतृत्वको पूर्व कार्यसमितिले रसुवाको युवा आन्दोलनलाई सशक्त बनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिएको छ।

नवगठित कमिटीले संगठन सुदृढीकरण, सदस्यता विस्तार र युवाहरूको राजनीतिक, सामाजिक तथा रचनात्मक परिचालनलाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालय मातहत,सरुवा वोर्डले गर्नेछ कर्मचारी सरुवा

हिमालको निःशब्द करुण क्रन्दन

प्रधानमन्त्री बालेन शाहद्वारा सवारी खर्चको विवरण माग

१५९४ पदाधिकारी पदमुक्त हुँदा कसरी जोगिए गभर्नर ?

अनामनगरको सात तले भवनमा चल्यो डोजर

पूर्व प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

बालेन सरकारविरुद्ध पाँच लाख श्रमिक सडकमा उतार्ने अध्यक्ष ढकालको चेतावनी

मूल्यवृद्धिको मारमा उपभोक्ता: बिचौलिया, मिलेमतो र कमजोर राज्य नियमनको घातक चक्र

बिशेष