वैदेशिक लगानीको सीमा हट्यो

सरकारले विदेशी लगानी नेपाल भित्र्याउन सीमा खुकुलो बनाएको छ । यस अघि ०८० असोज १५ गते प्रकाशित राजपत्रको सूचना अनुसार स्वचालित मार्गबाट हुने विदेशी लगानीमा ५० करोड रुपैयाँको अधिकतम सीमा तोकिएकोमा नयाँ राजपत्रले खारेज गरिदिएको छ ।

बिज्ञापन

यस अघि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को दफा ४२ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट हुने विदेशी लगानीको माथिल्लो सीमा र उद्योग व्यवसाय क्षेत्र तोकेको थियो । तर गत ८ माघमा बसेको मन्त्रिपरिषद् बैठकले स्वचालित मार्गबाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृत दिने निर्णय गरेको थियो । उक्त व्यवस्था राजपत्रमा प्रकाशन भएसँगै स्वचालित मार्गबाट स्वीकृत हुने विदेशी लगानीको सीमा हटेको हो ।

बिज्ञापन

सरकारले विभिन्न सात व्यावसायिक क्षेत्रमा आउने विदेशी लगानीको स्वीकृतलगायतका प्रक्रियालाई स्वचालित मार्ग (अटोमेटिक रुट)बाट अघि बढाउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को अधिकार प्रयोग गरेर विभिन्न सात क्षेत्रका एक सय दुई प्रकार व्यावसायिक गतिविधिमा आउने लगानीको प्रक्रियालाई अटोमेटिक रुटबाट अघि बढाउने निर्णय गरेको हो ।

पुरानो व्यवस्थामा ५० करोडभन्दा बढीको लगानीका लागि उद्योग विभाग वा लगानी बोर्डको लामो स्वीकृतिको प्रक्रिया पूरा गर्नु पर्ने थियो । राजपत्रमा प्रकाशित सूचना अनुसार स्वचालित मार्गबाट हुने विदेशी लगानी स्वीकृतिको अब अधिकतम सीमा हुने छैन ।

बिज्ञापन

सरकारले ऊर्जाका ४ वटा क्षेत्र, कृषि तथा वन पैदावारका ११ वटा क्षेत्र, पूर्वाधारका ८ वटा क्षेत्र, पर्यटनका ४ वटा क्षेत्र, सूचना प्रविधिका ९ वटा क्षेत्र, सेवामूलकका २३ वटा क्षेत्र र उत्पादनमूलकका ४१ वटा क्षेत्र गरी कुल १०२ वटा विधामा यो सुविधा दिएको छ ।

यस अघि ५० करोड रुपैयाँसम्मको विदेशी लगानीको स्वीकृति प्रक्रिया स्वचालित मार्गबाट अघि बढाउने गरिएको थियो । तर क्षेत्र तोकिएको थिएन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री रावलले शक्तिशाली कर्मचारी छुन सकेनन्

सामान्य प्रशासनको भूमिका निर्देशन दिने कि सहजीकरण गर्ने ?

सातै प्रदेश सरकारले ल्याउँदैछन् बजेट

५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने

विवादित वन अधिकृत ठाकुर: अदालतको आदेश अवज्ञादेखि गरिब महिलाको टेम्पो भीरबाट खसाल्ने घटनासम्म

रास्वपाको चार प्रदेशको अधिवेशन :बहालवाला तीन सांसद पराजित

आफ्नै हात जगन्नाथ : अर्थमन्त्रीकै गृहजिल्लामा पूर्वाधारको ४ अर्ब बजेट

प्रमुख प्रशासकीय अधिकृतलाई कस्न सरकारले ल्यायो नयाँ आचारसंहिता

बिशेष