सम्बन्धको मौनता

सम्बन्धमा जब
एकछिनको छलकपट हुन्छ,
चिसिन्छ वर्षौँको आत्मीयता,
चिसिन्छन् मनसँग मन जोडिने पलहरू पनि

बिज्ञापन

एउटा बेला थियो
जहाँ
माया थियो,
भरोसा थियो,
खुलापन थियो,
नटुट्ने वाचा थियो,
कसम थियो।
… तर
जब मेरो स्वतन्त्रतालाई हतियार बनाइयो,
मौनताहरूमा दूरी बढे
झगडाभन्दा पनि झुटले
पुर्‍यायो मनमा धेरै चोट

बिज्ञापन

साँचै,
झुटले सम्बन्धलाई जस्तै
विश्वासलाई पनि मार्दोरहेछ

सम्बन्धमा चिसोपन एकैचोटि आउँदैन प्रीय
यो बिस्तारै आउँछ
बात छोटिन्छन्,
प्रेमिलताको लय ढिलो हुन्छ,
आँखा जुध्न छाड्छन्,
सामीप्यता घट्न थाल्छ,
र मनभित्र अनेकौँ प्रश्नहरू
जम्मा हुँदै जान्छन्
सम्बन्ध बचाउन ठूलो वाचा चाहिँदैन,
साँचोपन चाहिन्छ
जहाँ सत्य हुन्छ,
त्यहाँ गल्ती माफ हुन्छ

बिज्ञापन

तर जहाँ छल हुन्छ,
त्यहाँ प्रेम पनि पीडा बनिदिन्छ।
बिस्तारै,
छलले ल्याएको चिसोपनले
सम्बन्धलाई मौन बनाइदिन्छ
म यस्तै भएको छु अचेल,
तिम्रो यादको दौरानमा
कतै अल्झिएको छु

  • रसुवा

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदभन्दा माथि मानवता: दुर्घटनास्थलमा डीआईजी विष्णुप्रसाद भट्ट आफैं उद्धारमा

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

बिशेष