नासु ठाकुरलाई निजामती सेवाबाटै बर्खास्त गर्ने तयारी

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागले एक राजपत्र अनकिंत प्रथम श्रेणी (नायव सुव्वा)लाई सेवाबाटै हटाउने तयारी गरेको छ ।
विभागले चार महिना भन्दा लामो समयदेखि गैरहाजिरीमा रहेका नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी, सब इन्जिनियर श्री मनिष कुमार ठाकुरलाई तपाईलाई निजामती सेवाबाट किन नहटाउने भन्दै निजामती सेवाबाटै हटाउने प्रक्रिया अगाडि बढाइएको हो ।

बिज्ञापन

एक बर्षका लागि असाधरण विदा स्वीकृत गराएर बसेका उनी चार महिना भन्दा लामो समयदेखि गैरहाजिरीमा रहेको र यस अगाडि सोधेको स्पष्टीकरणमा समेत कुनै जवाफ पेश नगरेका कारण भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी निजामती सेवाबाटै बर्खास्त गर्ने प्रक्रिया अगाडि बढाइएको हो ।

बिज्ञापन

 

बिज्ञापन

विभागका अनुसार कर्मचारी संकेत नम्बर १९८७५९ रहेका ठाकुर ०७९ साल असोज ०१ देखि २०८२ साल भदौं ०५ सम्म असाधारण बिदा स्वीकृत गराई मिति २०८२ असोज ०१ देखि यस विभागमा हाजिर हुनुपर्नेमा विनासूचना अनुपस्थित रहेको हुँदा यस अगाडि गत मंसिर १५ मै सफाइ पेश गर्न समय दिइएकोमा सो समयभित्र कुनै जवाफ प्राप्त नभएका कारण मन्त्रालयको सचिवस्तरीय निर्णयबाट जारी भएको सूचनामा भनिएको छ, निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) छको कसुरमा सोही ऐनको दफा ५९(ख) १ बमोजिम भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय प्रस्तावका सम्बन्धमा सूचना प्रकाशित भएका मितिले १५ दिनभित्र यस विभाग समक्ष आफ्नो सफाइ पेश गर्नुहुन यस अघि गत पुस १५ को गोरखापत्रमा सूचना प्रकाशन गरिएकोमा कुनै सफाइ वा प्रतिक्रिया प्राप्त नभएको हुँदा तपाईंलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) (छ) को कसुरमा सोही ऐनको दफा ५९(ख) (१) बमोजिम मविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने ? भन्दै सेवाबाट हटाउनु नपर्ने उचित र पर्याप्त कारण भए यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र यस विभाग समक्ष आफ्नो स्पष्टीकरण पेश गर्नुहुन निजामती सेवा ऐन, २०४९ को दफा ६७ बमोजिम सूचना प्रकाशन गरेको जनाएको छ ।

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

रसुवा नाकामा बिचौलियाको रजगज : कन्टेनर चालकले पाउँदैनन पास, अध्यागमनसँग न्यायको आश

उदार व्यापार प्रणालीमा व्यापार सहजीकरणको भूमिका 

नासु ठाकुरलाई निजामती सेवाबाटै बर्खास्त गर्ने तयारी

करार सेवाका ३१ कर्मचारीहरुको अवैद्यानिक बढुवा (नामावलीसहित)

सरकारी सार्वजनिक जग्गा गैरकानुनी दर्ता प्रकरणमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

कीर्ते कागजातको भरमा नियुक्ति,मन्त्री र सचिवलाई उन्मुक्ति

६ जना डिग्री होल्डर समेत निर्वाचन प्रहरीमा भर्ना

बिशेष