छ जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

काठमाडौँ । शाखा अधिकृत तहबाट उपसचिव पदमा बढुवाको प्रक्रिया अघि बढेको छ । बढुवा समितिको सचिवालयले ६ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा गर्न सिफारिस गरेको हो ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्षमताको मूल्यांकनका आधारमा रिक्त रहेका उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो । समितिको शनिबार बसेको बैठकले सम्बन्धित सेवा तथा समूहअनुसार बढुवा सिफारिस गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

सिफारिस सूचीअनुसार नेपाल कृषि सेवा अन्तर्गत भेटेरिनरी समूहबाट दुई जना, कृषि सेवा अन्तर्गत नै खाद्य, पोषण तथा गुण नियन्त्रण समूहबाट एक जना तथा नेपाल वन सेवा अन्तर्गत जनरल फरेष्ट्री समूहबाट तीन जना शाखा अधिकृत उपसचिव पदमा सिफारिस भएका छन् ।

अब सिफारिस भएका कर्मचारीहरूको नियुक्ति प्रक्रिया कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि अगाडि बढाइने मन्त्रालयले जानकारी दिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष