काठमाडौँ । शाखा अधिकृत तहबाट उपसचिव पदमा बढुवाको प्रक्रिया अघि बढेको छ । बढुवा समितिको सचिवालयले ६ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा गर्न सिफारिस गरेको हो ।
बिज्ञापन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्षमताको मूल्यांकनका आधारमा रिक्त रहेका उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो । समितिको शनिबार बसेको बैठकले सम्बन्धित सेवा तथा समूहअनुसार बढुवा सिफारिस गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
सिफारिस सूचीअनुसार नेपाल कृषि सेवा अन्तर्गत भेटेरिनरी समूहबाट दुई जना, कृषि सेवा अन्तर्गत नै खाद्य, पोषण तथा गुण नियन्त्रण समूहबाट एक जना तथा नेपाल वन सेवा अन्तर्गत जनरल फरेष्ट्री समूहबाट तीन जना शाखा अधिकृत उपसचिव पदमा सिफारिस भएका छन् ।
अब सिफारिस भएका कर्मचारीहरूको नियुक्ति प्रक्रिया कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि अगाडि बढाइने मन्त्रालयले जानकारी दिएको छ ।


























