लोकसेवामा ‘भनसुन’ होइन, क्षमता चल्छ : पूर्व अध्यक्ष मैनाली

लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले लोकसेवा परीक्षालाई लिएर फैलाइने पक्षपात र भनसुनसम्बन्धी आशंकालाई निराधार ठहर गर्नुभएको छ । निष्पक्ष प्रणालीका कारण लोकसेवामा जेहेन्दार उम्मेदवारले नै अवसर पाउने उहाँको भनाइ छ ।

बिज्ञापन

आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा शुक्रबार सम्पन्न ‘लोकसेवा परीक्षा अनलाइन तयारी कक्षा सञ्चालन उद्घाटन कार्यक्रम’मा बोल्दै मैनालीले परीक्षामा कुनै किसिमको चलखेल नहुने स्पष्ट पार्नुभयो । “लोकसेवामा भनसुन हुन्छ भन्ने शंका छ भने आजैदेखि हटाइदिनुस्,” उहाँले भन्नुभयो ।

बिज्ञापन

उहाँका अनुसार लोकसेवाको उत्तरपुस्तिका जाँच प्रक्रिया पूर्ण रूपमा गोप्य र प्राविधिक आधारमा हुने भएकाले जाँचकर्ताले पनि कसको कापी हो भन्ने जानकारी नपाउने व्यवस्था छ । ४० प्रतिशतभन्दा कम वा ७० प्रतिशतभन्दा बढी अंक दिँदा कारण खुलाउनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उहाँले मूल्यांकन प्रणालीलाई थप पारदर्शी बनाइएको बताउनुभयो ।

आरक्षण व्यवस्थालाई सामाजिक न्यायसँग जोड्दै मैनालीले समाजको विविधता निजामती सेवामा देखिनुपर्छ भन्ने मान्यताका आधारमा कोटा प्रणाली लागू गरिएको स्पष्ट पार्नुभयो । आदिबासी जनजाति कोटाबाट र खुला प्रतिस्पर्धाबाट परीक्षा दिएका उम्मेदवारहरू खुला समूहबाटै शीर्ष स्थानमा आउने उदाहरणसमेत रहेको उहाँको भनाइ थियो ।

बिज्ञापन

निजामती कर्मचारीलाई ‘स्थायी सरकार’को रूपमा व्याख्या गर्दै उहाँले घुस र फौजदारी अपराधमा संलग्न बाहेक कर्मचारीलाई बिचैमा हटाउन नसकिने संवैधानिक व्यवस्था रहेको स्मरण गराउनुभयो । सेवा–सुविधा, पेन्सन र उत्तराधिकारसम्बन्धी सुनिश्चितता हुँदाहुँदै पनि घुस लिने कर्मचारी राष्ट्रप्रति गद्दार ठहरिने उहाँको धारणा छ ।

अन्त्यमा मैनालीले केही व्यक्तिको गलत आचरणले सम्पूर्ण कर्मचारी क्षेत्र बदनाम हुने भएकाले इमानदारी, जवाफदेहिता र जनसेवामा समर्पण अपरिहार्य रहेको जोड दिनुभयो । “जनताको घरदैलोमा पुग्ने सरकार भनेकै कर्मचारी हो,” उहाँले भन्नुभयो, “कर्मचारीको निर्णय नै सरकारको निर्णय मानिन्छ, त्यसैले जनताप्रति जिम्मेवारी झन् बढ्छ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

निजामतीमा विकृती :स्वीकृत दरबन्दीभन्दा ४ हजार १६ बढी कर्मचारी पदपूर्ति

१२ दिनपछि प्रधानन्याधीश इजलाशमा,सपना बिदामा,कुमारको खोसियो बरिष्ठतम्

‘चयनमुखी’ सरुवाले कर्मचारीमा बैचनी,निमित्तको अन्त्य र सिंहदरबारका ‘रैथाने’ हटाउने अभियान ठप्प

बिशेष