लोकसेवामा ‘भनसुन’ होइन, क्षमता चल्छ : पूर्व अध्यक्ष मैनाली

लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले लोकसेवा परीक्षालाई लिएर फैलाइने पक्षपात र भनसुनसम्बन्धी आशंकालाई निराधार ठहर गर्नुभएको छ । निष्पक्ष प्रणालीका कारण लोकसेवामा जेहेन्दार उम्मेदवारले नै अवसर पाउने उहाँको भनाइ छ ।

बिज्ञापन

आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा शुक्रबार सम्पन्न ‘लोकसेवा परीक्षा अनलाइन तयारी कक्षा सञ्चालन उद्घाटन कार्यक्रम’मा बोल्दै मैनालीले परीक्षामा कुनै किसिमको चलखेल नहुने स्पष्ट पार्नुभयो । “लोकसेवामा भनसुन हुन्छ भन्ने शंका छ भने आजैदेखि हटाइदिनुस्,” उहाँले भन्नुभयो ।

बिज्ञापन

उहाँका अनुसार लोकसेवाको उत्तरपुस्तिका जाँच प्रक्रिया पूर्ण रूपमा गोप्य र प्राविधिक आधारमा हुने भएकाले जाँचकर्ताले पनि कसको कापी हो भन्ने जानकारी नपाउने व्यवस्था छ । ४० प्रतिशतभन्दा कम वा ७० प्रतिशतभन्दा बढी अंक दिँदा कारण खुलाउनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उहाँले मूल्यांकन प्रणालीलाई थप पारदर्शी बनाइएको बताउनुभयो ।

आरक्षण व्यवस्थालाई सामाजिक न्यायसँग जोड्दै मैनालीले समाजको विविधता निजामती सेवामा देखिनुपर्छ भन्ने मान्यताका आधारमा कोटा प्रणाली लागू गरिएको स्पष्ट पार्नुभयो । आदिबासी जनजाति कोटाबाट र खुला प्रतिस्पर्धाबाट परीक्षा दिएका उम्मेदवारहरू खुला समूहबाटै शीर्ष स्थानमा आउने उदाहरणसमेत रहेको उहाँको भनाइ थियो ।

बिज्ञापन

निजामती कर्मचारीलाई ‘स्थायी सरकार’को रूपमा व्याख्या गर्दै उहाँले घुस र फौजदारी अपराधमा संलग्न बाहेक कर्मचारीलाई बिचैमा हटाउन नसकिने संवैधानिक व्यवस्था रहेको स्मरण गराउनुभयो । सेवा–सुविधा, पेन्सन र उत्तराधिकारसम्बन्धी सुनिश्चितता हुँदाहुँदै पनि घुस लिने कर्मचारी राष्ट्रप्रति गद्दार ठहरिने उहाँको धारणा छ ।

अन्त्यमा मैनालीले केही व्यक्तिको गलत आचरणले सम्पूर्ण कर्मचारी क्षेत्र बदनाम हुने भएकाले इमानदारी, जवाफदेहिता र जनसेवामा समर्पण अपरिहार्य रहेको जोड दिनुभयो । “जनताको घरदैलोमा पुग्ने सरकार भनेकै कर्मचारी हो,” उहाँले भन्नुभयो, “कर्मचारीको निर्णय नै सरकारको निर्णय मानिन्छ, त्यसैले जनताप्रति जिम्मेवारी झन् बढ्छ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिवको लिखित नतिजा सार्वजनिक,न्याय सेवाबाट ‘ह्याट्रिक हान्ने दाउमा’ केदार

सहसचिवको लिखित परीक्षामा १० उपसचिव उत्तीर्ण, ७ मात्र सिफारिस हुने

माघ २ देखि निर्वाचन आचारसंहिता लागू हुने, सरुवा,बढुवा र नियुक्तिमा लाग्नेछ लगाम

४४ उपसचिव,३ सहसचिव र दुई सचिवको सरुवा

रंगिला हाकिमलाई उपमहानगरपालिकामा भित्र्याउन हतार

निर्वाचनका कारण परीक्षा : लोकसेवाले रोक्यो, त्रिविसेवा धमाधम तालिका निकाल्दै

लोकसेवामा ‘भनसुन’ होइन, क्षमता चल्छ : पूर्व अध्यक्ष मैनाली

जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनमध्य १८ प्रतिशतको मर्मत सम्पन्न,४८ प्रतिशत अझैं भग्नावशेष

बिशेष