६ जना उपसचिवमा बढुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले उपसचिव तहमा छ जना निजामती कर्मचारीलाई बढुवाका लागि अघि सारेको छ।

बिज्ञापन

मन्त्रालयले बिहीवार जारी गरेको सूचनाअनुसार रिक्त उपसचिव पदहरूमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सिफारिस गरिएको हो। बढुवा समितिको बुधबार बसेको बैठकले सम्बन्धित सेवाका योग्य उम्मेदवार छनोट गरेको मन्त्रालयले जनाएको छ।
नेपाल लेखापरीक्षण सेवातर्फ राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) पदका लागि प्रितम बागदास, निषभ शाक्य, इन्द्र बहादुर अधिकारी र लुमविक्रम शाह बढुवाको सूचीमा परेका छन्।

बिज्ञापन

त्यस्तै, नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा अन्तर्गत तथ्यांक समूहबाट पुष्कर विजुक्षे र मोहन देव भट्टलाई उपसचिव पदका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ।मन्त्रालयका अनुसार प्रक्रिया अनुसार आवश्यक औपचारिकता पूरा भएपछि सिफारिस कार्यान्वयनमा जानेछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिवको लिखित नतिजा सार्वजनिक,न्याय सेवाबाट ‘ह्याट्रिक हान्ने दाउमा’ केदार

सहसचिवको लिखित परीक्षामा १० उपसचिव उत्तीर्ण, ७ मात्र सिफारिस हुने

माघ २ देखि निर्वाचन आचारसंहिता लागू हुने, सरुवा,बढुवा र नियुक्तिमा लाग्नेछ लगाम

४४ उपसचिव,३ सहसचिव र दुई सचिवको सरुवा

रंगिला हाकिमलाई उपमहानगरपालिकामा भित्र्याउन हतार

निर्वाचनका कारण परीक्षा : लोकसेवाले रोक्यो, त्रिविसेवा धमाधम तालिका निकाल्दै

लोकसेवामा ‘भनसुन’ होइन, क्षमता चल्छ : पूर्व अध्यक्ष मैनाली

जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनमध्य १८ प्रतिशतको मर्मत सम्पन्न,४८ प्रतिशत अझैं भग्नावशेष

बिशेष