मालपोतका कर्मचारी सरुवामा विचौलियाको काम गर्ने विभागकै अधिकृत भएको खुलासा

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले मालपोत कार्यालयको सरुवाका लागि बिचौलियाको काम गर्ने व्यक्तिको पहिचान भएको जनाएका छन् । उनले त्यस्ता पात्रको पहिचान भएको जनाउँदै उनको सरुवा गरेर दुर्गममा पठाउन निर्देशन समेत दिइसकेको मन्त्री इङ्नामले जनाएका छन् ।
पछिल्लो समय मालपोत कार्यालयमा सेटिङमा सरुवा हुने गरेको भन्ने व्यापक गुनासो आइरहेको सम्बन्धमा त्यस्तो विचौलियाको पहिचान भएको मन्त्री इङ्नामले संकेत गरेका छन् ।

बिज्ञापन

मन्त्रालयका अनुसार लामो समयदेखि विभागमा कार्यरत रहेका ती अधिकृतस्तरका कर्मचारीले नै मालपोतको कर्मचारी सरुवामा विचौलियाको रुपमा काम गरिरहेको खुलासा  भएको छ । अघिल्लो बर्ष करिब पाँच सय कर्मचारी सरुवा गर्दा बोल कबोलका आधारमा सरुवा भएको छानबिन समितिले खुलासा गरेको थियो । हाल प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका मन्त्रालयको तत्कालीन प्रशासन महाशाखा प्रमुख मदन कोइरालाको संयोजकत्वमा सोही महाशाखाका उपसचिव कृष्णप्रसाद भण्डारी र कानुन अधिकृत गोकुल भुजेल सदस्य रहेको समितिले आर्थिक चलखेलका आधारमा कर्मचारी सरुवा गरिएको निष्कर्ष निकालेको थियो । एक लटमा कर्मचारी सरुवा गर्दामात्र झण्डै सात करोडको खेलोमेलो भएको थियो । यो धन्दा अझैं पनि विद्यमान छ । यो धन्दामा सक्रिय भूमिकामा विभागकै एक जना अधिकृत रहेको मन्त्रालयले निष्कर्ष निकालेको छ ।

बिज्ञापन

पछिल्लो समय मालपोतका कर्मचारी सरुवामा खुलेआम दर रेट तोकिएको थियो । यसरी विभागमा बसेर विचौलियाको काम गर्ने अधिकृतस्तरको कर्मचारी पहिचान भएको र तत्कालै उनको दुर्गममा सरुवा गरेर पठाउन मन्त्रीले निर्देशन दिइसकेका छन् । यिनै विचौलिया कर्मचारीको जोडबलमा अघिल्ला मन्त्री बलराम अधिकारीले नियुक्त गरेको उपत्यकाका प्रमुख मालपोत अधिकृतहरु धमाधम फिर्ता हुँदैछन् । मन्त्रीको पहिलो एक्सनमा चाबहिलका मालपोत प्रमुख मन्त्रालयमा तानिएका थिए । लगतै भक्तपुर र ललितपुरका प्रमुखहरु समेत संघीय मामिलाको बरण्डामा पुगेका छन् ।

हालैमात्र मन्त्रीले ललितपुर कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घमिरे र चाबहिलका दीपेन्द्र खत्रीलाई सरुवा गरिएको हो ।

बिज्ञापन

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

अख्तियारले मुद्दा हालेको व्यक्ति नै ‘पोस्टिङ–रेट’को नाइके ! भ्रष्टाचार मुद्दा जितेपछि झन् उग्र

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष