१० उपसचिवको सरुवा : भूमिमा तीन भित्रदा,लोकसेवा पुगे दुई जना

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयबाट टीकामणी न्यौपानेलाई लोकसेवा आयोगमा पठाएको छ । लगानी वोर्डको सचिवलायबाट युवराज खतिवडालाई पनि लोकसेवामा सरुवा गरेको छ ।
सरुवाको सूची अनुसार,राजन कुमार बिसी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भूमिमा पुगेका छन् । लामो समय राजश्व अनुसन्धान विभागमा कार्यरत रहेका बिसी केही अघिमात्र सामान्यको बरण्डामा तानिएका थिए । उनी मालपोत प्रमुख बनेर जाने दाउमा छन् ।
यस्तै,मनोज रेग्मी लगानी वोर्डमा पुगेका छन् भने सामान्यको अतिरिक्त समूहबाट अर्जुन राई र राजेन्द्र गौतम पनि भूमिमै इन्ट्री भएका छन् । तीन उपसचिवहरु भूमिमा भित्रदा यस अघि उपत्याकाको मालपोतका प्रमुख रहेका अशोक कुमार भट्टराई र माधव घिमिरे ललितपुर र भक्तपुरबाट सामान्यको बरण्डामा तानिएका छन् । उनीहरुको बदमासीको सम्बन्धमा कर्मचारी प्रेसमा समाचार सार्वजनिक गरेसँगै ती कार्यालय प्रमुखहरुलाई सामान्यको अतिरिक्त समूहमा तानिएको हो । यस अघि नै चाबहिल मालपोतका प्रमुख समेत मन्त्रालयमा तानिसकेका छन् ।
यस्तै,हरि शर्मा निर्वाचन आयोगमा पुग्दा गणेश सिंह ऐरीलाई पुनर्वास नगरपालिका,कञ्चनपुरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आजै मन्त्रीको नाम टुंग्याउने रास्वपाको तयारी,को को छन् चर्चामा ?

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

सचिव पन्थको सरुवा

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

बिशेष