संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयबाट टीकामणी न्यौपानेलाई लोकसेवा आयोगमा पठाएको छ । लगानी वोर्डको सचिवलायबाट युवराज खतिवडालाई पनि लोकसेवामा सरुवा गरेको छ ।
सरुवाको सूची अनुसार,राजन कुमार बिसी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भूमिमा पुगेका छन् । लामो समय राजश्व अनुसन्धान विभागमा कार्यरत रहेका बिसी केही अघिमात्र सामान्यको बरण्डामा तानिएका थिए । उनी मालपोत प्रमुख बनेर जाने दाउमा छन् ।
यस्तै,मनोज रेग्मी लगानी वोर्डमा पुगेका छन् भने सामान्यको अतिरिक्त समूहबाट अर्जुन राई र राजेन्द्र गौतम पनि भूमिमै इन्ट्री भएका छन् । तीन उपसचिवहरु भूमिमा भित्रदा यस अघि उपत्याकाको मालपोतका प्रमुख रहेका अशोक कुमार भट्टराई र माधव घिमिरे ललितपुर र भक्तपुरबाट सामान्यको बरण्डामा तानिएका छन् । उनीहरुको बदमासीको सम्बन्धमा कर्मचारी प्रेसमा समाचार सार्वजनिक गरेसँगै ती कार्यालय प्रमुखहरुलाई सामान्यको अतिरिक्त समूहमा तानिएको हो । यस अघि नै चाबहिल मालपोतका प्रमुख समेत मन्त्रालयमा तानिसकेका छन् ।
यस्तै,हरि शर्मा निर्वाचन आयोगमा पुग्दा गणेश सिंह ऐरीलाई पुनर्वास नगरपालिका,कञ्चनपुरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ ।
१० उपसचिवको सरुवा : भूमिमा तीन भित्रदा,लोकसेवा पुगे दुई जना
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
























