नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुलसचिव पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले सूचना प्रकाशन गरेको छ। समितिले आज एक सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारहरूलाई आवेदन दिन आग्रह गरेको हो।
बिज्ञापन
नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ अनुसार गठित समितिले सम्बन्धित पदका लागि निवेदन आह्वान गरेको हो।
सूचनाअनुसार “नेपाल खुला विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८२” बमोजिम इच्छुक योग्य उम्मेदवारले पुस ३० गते कार्यालय समयभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमार्फत निवेदन पेस गर्न सक्नेछन्। कार्यविधि पनि मन्त्रालयकै वेबसाइटमा उपलब्ध गराइएको सूचनामा उल्लेख छ।

























