नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद मुनाफा ३ अर्ब ७२ करोड रुपैयाँ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७९/८० को मध्यतिर साविक मेगा बैंक नेपाल र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जरको कारणले आय/व्यय रकम अघिल्लो वर्षसँग तुलनात्मक नरहेको बैंकले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड एक आपसमा गाभिई २०७९ पौष २७ गतेबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सञ्चालन गरेको थियो ।

बिज्ञापन

बैंकको कूल निक्षेप आर्थिक वर्ष २०७९/८० को अन्त्यमा ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/८० को अन्त्यमा बैंकको कूल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ कायम रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको गरी कूल कर्जा तथा सापटी रकम ३ खर्ब १४ अर्ब रुपैयाँ रहेको थियो ।

बिज्ञापन

पश्चात् बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल शेयरधनी कोश ५५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । हाल बैंकले २७० शाखा, २६७ एटिएम, १६ राजश्व संकलन काउन्टरसहित ६३ एक्टेन्सन काउन्टर र ४६ शाखारहित बैंकिङ मापर्mत ३२ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विश्व अर्थ राजनीतिमा जेन्जीको प्रवेश

गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट

कार्की क्याविनेट विस्तार,तीन मन्त्रीले शपथ लिँदै

कर्मचारी बिदा बस्न नपाउने सचिवस्तरीय बैठकको निर्णय

चाडपर्वअघि आपूर्ति संकटको जोखिम, कालोबजारी नियन्त्रणमा सरकार कडा

महान्यायधिवक्तामा सविताको रेकर्ड ब्रेक : भत्कियो ७३ बर्षको इतिहास

बिहिबारदेखि बन्द रहेको सरकारको भुक्तानी प्रणाली सुचारु,’तलब-भत्ता खुवाउन कुनै समस्या नहुने’

लाइसेन्स छपाइ तथा वितरण अनिश्चितकालका लागि स्थगित

बिशेष