ठगबहादुर घुस्याहा ठहर, ८ लाख ५० हजार जरिवाना

नेपाल प्रहरीका बर्खास्त प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । विशेष अदालतले आज (मंगलबार) उनलाई दुई वर्ष जेल र ८ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।

बिज्ञापन

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार मुद्दामा केसीलाई दोषी ठहर गरेको हो । उनले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ङ) को कसूर गरेको ठहर विशेष अदालतले गरेको हो । अदालतले उक्त ऐनको दफा ३ को उपदफा (१) बमोजिम ठगबहादुरलाई २ वर्ष कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।

बिज्ञापन

गत भदौ १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ लाख रुपैयाँ बिगो कायम गरी उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

आयोगले नेपाल प्रहरीबाट बर्खास्त डीएसपी केसीविरुद्ध १८ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । केसीले बुटवल उपमहानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीबाट लगेको सुन फिर्ता गर्नका लागि रकम माग गरेका थिए । केसीको निवास खानतलासी गर्दा नगदसहित उक्त सुन बरामद भएको थियो ।

बिज्ञापन

केसीले २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका–५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लगेर १५ दिनसम्म राखेकाथिए ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जागिर अवधि बर्ष दिन बाँकी रहेका सचिव,उपसचिवदेखि तीन सहसचिवद्धारा एकै पटक राजीनामा

पीआर होल्डर चार अधिकृतपछि खरिदारमाथि एक्सन

तीन विभागका महानिर्देशक हेरफेर,नेपाललाई निमित्त

एकै दिन ९ वटा संसदीय समितिको बैठक,कुन समितिमा कस्लाई बोलाइयो ?

खारेज भएका कार्यालयहरु व्युँताउन थालियो धमाधम

संघीय निजामती सेवा विद्येयकमा एक राष्ट्रसेवकका १७ सुझाव

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ महत्वपूर्ण निर्णय

सहसचिव भट्टराई सचिवमा बढुवा, बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन

बिशेष