सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा आज दिउँसो मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। हिजो मात्र सरकार र जेनजी समूहबीच भएको सम्झौतापछि बसेको यो पहिलो उच्चस्तरीय बैठक भएकाले राजनीतिक रुपमा विशेष महत्वका साथ हेरिएको छ।

बिज्ञापन

 

बिज्ञापन

हिजो बुधबार भएको सम्झौता अनुसार सरकारले भदौ २३ र २४ गते चलेको जेनजी आन्दोलनलाई ‘जनआन्दोलन’ का रूपमा औपचारिक मान्यता दिएको छ। नवयुवाहरूको असंगठित शक्ति-प्रदर्शनबाट तत्कालीन राजनीतिक दलहरूको सत्तापलट सम्भव बनेको थियो। यही शक्ति-संतुलनका कारण जेनजी युवाहरूको प्रस्तावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार गठन भएको थियो।

 

बिज्ञापन

जेनजी पक्षले आन्दोलनअघि स्पष्ट र संगठित माग सार्वजनिक नगरेकाले आन्दोलनमा उठेका प्रश्नहरू बिलाएर जाने खतरा सरकारी संयन्त्रले देख्दै आएको थियो। यही संवेदनशीलताकाबीच सरकार–जेनजी बीच सहमति जुटेको छ र यसलाई व्यवहारिक कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा आजको मन्त्रिपरिषद् बैठकले मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।

 

प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार बैठकमा सम्झौता कार्यान्वयन संरचना, सम्भावित कानुनी तथा प्रशासनिक प्रभाव, तथा युवा समूहसँग निरन्तर संवादका संयन्त्रबारे विस्तृत छलफल हुनेछ।

 

“सरकारले आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइसकेपछि अब त्यसका राजनीतिक, कानुनी र नीतिगत परिणामहरूलाई सुव्यवस्थित रूपमा लैजानुपर्छ। आजको बैठकको एजेन्डा यही वरिपरि केन्द्रित छ।”बैठक जारी छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

बिशेष