सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा आज दिउँसो मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। हिजो मात्र सरकार र जेनजी समूहबीच भएको सम्झौतापछि बसेको यो पहिलो उच्चस्तरीय बैठक भएकाले राजनीतिक रुपमा विशेष महत्वका साथ हेरिएको छ।

बिज्ञापन

 

बिज्ञापन

हिजो बुधबार भएको सम्झौता अनुसार सरकारले भदौ २३ र २४ गते चलेको जेनजी आन्दोलनलाई ‘जनआन्दोलन’ का रूपमा औपचारिक मान्यता दिएको छ। नवयुवाहरूको असंगठित शक्ति-प्रदर्शनबाट तत्कालीन राजनीतिक दलहरूको सत्तापलट सम्भव बनेको थियो। यही शक्ति-संतुलनका कारण जेनजी युवाहरूको प्रस्तावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार गठन भएको थियो।

 

बिज्ञापन

जेनजी पक्षले आन्दोलनअघि स्पष्ट र संगठित माग सार्वजनिक नगरेकाले आन्दोलनमा उठेका प्रश्नहरू बिलाएर जाने खतरा सरकारी संयन्त्रले देख्दै आएको थियो। यही संवेदनशीलताकाबीच सरकार–जेनजी बीच सहमति जुटेको छ र यसलाई व्यवहारिक कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा आजको मन्त्रिपरिषद् बैठकले मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।

 

प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार बैठकमा सम्झौता कार्यान्वयन संरचना, सम्भावित कानुनी तथा प्रशासनिक प्रभाव, तथा युवा समूहसँग निरन्तर संवादका संयन्त्रबारे विस्तृत छलफल हुनेछ।

 

“सरकारले आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइसकेपछि अब त्यसका राजनीतिक, कानुनी र नीतिगत परिणामहरूलाई सुव्यवस्थित रूपमा लैजानुपर्छ। आजको बैठकको एजेन्डा यही वरिपरि केन्द्रित छ।”बैठक जारी छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु

‘घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ’

करोडौ राजश्व छलीमा मुछिए अग्रवाल,भन्सारले काट्यो पत्र

एमाले महाधिवेशनका लागि मालपोत प्रमुखले ५१ हजार चन्दा दिएका हुन ?

नागरिकताबाट वञ्चित आमा–छोरीको मृत्यु प्रकरण : छानबिन समिति स्थलगत अध्ययनमा

खोटाङ अस्पतालमा १० करोड बजेट छुट्टाएर अनुकुलको निमित्त मेसु लैजाँदै मन्त्री राई

सरकारको निर्णयविरुद्ध अदालत गएका दुई डिएफओ निर्देशनालय तानिए

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, एसपी भट्ट पनि सोधपुछमा

बिशेष