सामान्य प्रशासनको लाचारी : १४१ स्थानीय तहमा खटाउन सकेन दरबन्दी अनुसारको कर्मचारी

संघीय सरकारको अकर्मण्यता साथै केही पालिकाका जनप्रतिनिधि र कर्मचारीको व्यवहारका कारण  १४१ स्थानीय सरकार निमित्त प्रशासकीय प्रमुखको भरमा छन्, जसको प्रत्यक्ष प्रभाव सेवाग्राही र विकास निर्माणका काममा परेको छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार देशका ७५३ स्थानीय तहमध्ये झण्डै २० प्रतिशत स्थानीय तहमा निमित्तको राज चलिरहेको छ ।  जसमा १ महानगरपालिका,८ उपमहानगरपालिका, ७२ नगरपालिका र ६० गाउँपालिकामा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाउन नसक्दा ती स्थानीय तहको नेतृत्व निमित्तले गरिरहेका छन् ।

बिज्ञापन

महानगरपालिका र उपमहानगरपालिकामा सहसचिवको दरबन्दी भए पछि अहिले ८ वटा उपमहानगरपालिका निमित्तको भरमा चलिरहेका छन् अर्थात त्यहाँ एक तह मुनीका उपसचिवलाई आर्थिक र प्रशासनिक अधिकार दिएर खटाइएको छ भने उपसचिव प्रमुख प्रशासकीय अधिकृत रहने नगरपालिकामध्ये ७२ वटामा शाखा अधिकृत र शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृत रहने ६० वटा गाउँपालिका नायब सुव्वा तहका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत रहेका छन् ।
जस अनुसार कोशी प्रदेशमा रहेका २ उपमहानगरपालिकामध्ये १ वटामा मात्र दरबन्दी अनुसारका सहसचिव छन् अर्काेमा उपसचिव प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । यस्तै सो प्रदेशमा ४६ वटा नगरपालिका रहेकामा ३८ वटामा पदपूर्ति छ बाँकी ८ वटामा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेको छैन मन्त्रालयले । यस्तै,८८ वटा गाउँपालिकामाध्ये ७७ वटामा मात्र दरबन्दी अनुसारका कर्मचारीहरु छन्,११ वटा पालिकामा एक तह मुनीका कर्मचारीले पालिकाको नेतृत्व गरिरहेका छन् ।

बिज्ञापन

मधेसका १३६ स्थानीय तहमध्ये ५१ वटा पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको सामान्यले जनाएको छ । सो प्रदेशभित्र रहेका तीन उपमहानगरपालिकामध्ये २ वटा रिक्त,७३ वटा नगरपालिकामध्ये ३८ र ७९ वटा गाउँपालिकामध्ये ८ वटामा दरबन्दी अनुसारको हाकिम खटाउन सकेको छैन मन्त्रालयले ।
यस्तै बाग्मती प्रदेशभित्र रहेका ४१ वटा नगरपालिकामध्ये १ वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेको छैन भने ७४ वटा गाउँपालिकामध्ये ५ वटा गाउँपालिका रिक्त रहेको छ ।

यस्तै गण्डकी प्रदेशभित्र रहेका २६ नगरपालिकामा दरबन्दी अनुसारकै उपसचिवहरु नेतृत्व गरिरहेका छन भने ५८ वटा गाउँपालिकामध्ये ३ वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेको छैन मन्त्रालयले ।
यता लुम्बिनी प्रदेशभित्र रहेका ४ उपमहानगरपालिकामा दरबन्दी अनुसारका सहसचिव नहुँदा उपसचिवले निमित्त कार्यालय प्रमुख चलाइरहेका छन् । यस्तै सो प्रदेशभित्र रहेका ३१ वटा नगरपालिकामध्ये १ पालिकामात्र निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन् भने ७३ वटा गाउँपालिकामध्ये ६९ पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउँदा ४ पालिकामा निमित्तको भरमा चलिरहेका छन् ।
यस्तै,कर्णाली प्रदेशका २५मध्ये १२ वटा नगरपालिकामा मात्र प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेको छ मन्त्रालयले । सो प्रदेशभित्र रहेका ५४ गाउँपालिकामध्ये १० पालिका निमित्तकै भरमा चलिरहेका छन् ।
सामान्य प्रशासनका अनुसार,सूदुरपश्चिमका १ उपमहानगरपालिका,३३ मध्ये ११ वटा नगरपालिका र ५४ मध्ये १९ वटागाउँपालिकामा दरबन्दी अनुसारका कर्मचारी छैनन् ।
यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अभाव देखाएर स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउन होडबाजी नै चलेको छ । स्थानीय तहमा खटिने प्रमुख प्रशासकीय अधिकृत संघले खटाउने व्यवस्था रहँदै आएको छ । यसरी संघले खटाएका कतिपय कर्मचारीहरु स्थानीय तहले हाजिर गर्न नमान्ने,आफैंले रोजेको कर्मचारीमात्र चाहिने परिपाटीका कारण पनि मन्त्रालयले दरबन्दी अनुसारको कर्मचारी खटन पटन गर्न सकेको छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, यस्ता छन् क्याविनेटका अरु निर्णयहरु

बालेन्द्र शाह नेतृत्वको सरकारलाई कर्मचारी युनियनको बधाई: संघीय निजामती ऐन र वृत्ति विकासमा जोड

यस्तो छ मन्त्रीहरुको वरियता

पत्रकारिता पृष्ठभूमिकी रावलको काँधमा कर्मचारी र भूमि प्रशासनको जिम्मेवारी,के के छन् चुनौती ?

निजामती प्रशासनभित्रका कुनै समूह वा अभियानलाई हाम्रो समर्थन छैन : रास्वपा

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : राजश्व अनुसन्धान विभागसहित १५ ऐन खारेज

६ मन्त्रालयहरु एक आपसमा गाभिने

यी हुन बालेन सरकारका सारथी

बिशेष