सामुदायिक वन उपभोक्ता समूहको रकम हिनामिना,अख्तियारले बनायो ४ जनालाई प्रतिवादी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वनको रकम हिनामिना गरेको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले  कामै नगरी सरकारी रकम हिनामिना गरेको भेटिएसँगै वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष,सचिव,कोषाध्यक्ष र लेखापरीक्षकविरुद्ध मुद्धा दायर गरेको हो ।

बिज्ञापन

अख्तियारका अनुसार जाजरकोटको शिवालय गाउँपालिका–१ स्थित ‘चुली डडमेला सामुदायिक वन उपभोक्ता समूह’ का तत्कालीन अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखापरीक्षकहरुले काम नै नगरी नक्कली बिल भरपाई बनाएर सरकारी रकम हिनामिना गरेको भेटिएसँगै उनीहरुविरुद्ध विशेषमा मुद्धा लगेको हो ।

बिज्ञापन

अख्तियारका अनुसार, वनमा आगलागी नियन्त्रणका लागि ५२ जना खटिएको भन्दै २ लाख ३७ हजार ५०० रुपैयाँको नक्कली भरपाई बनाएर खाएको तथा वन हेरालु नै नराखी ९० हजार रुपैयाँ तलब बापत खर्च देखाएको भेटिएको छ । यस्तै,वन समूहको निर्णय पुस्तिकामा ४ लाख ७३ हजार रुपैयाँ खर्च भएको देखाइएको सो कामै नभएको भेटिएको अख्तियारले स्थलगत निरीक्षण गर्दा फेला परेको छ ।

अख्तियारले वन समूहका तत्कालीन अध्यक्ष अमृते दमाई र कोषाध्यक्ष धनसरी राना विरुद्ध ९ लाख ६५ हजार ८७३ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवानाको माग गरेको छ।
यस्तै, तत्कालीन सचिव रामकुमारी राना विरुद्ध ८ लाख ४० हजार ८७३ रुपैयाँ बिगो दाबी गरिएको छ। घटनामा दर्तावाल लेखापरीक्षक भोजराज शर्मा पाण्डेको समेत मिलेमतो देखिएको भन्दै अख्तियारले उनीविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानाको माग गरेको छ ।आयोगले अनुसन्धानका क्रममा पदाधिकारीहरूले वनको रकम निकासा गरी आफूखुसी चलाएको र त्यसलाई छोप्न विभिन्न नक्कली शीर्षक खडा गरेको पाइएको देखिएसँगै अध्यक्ष दमाईं र कोषाध्यक्ष राना, लेखापरीक्षक पाण्डेसहितलाई भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानाको माग गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘दिनैदिनै हाकिम पठाइदिनुहोस्’:- पाख्रीबास मेयरको व्यंग्यात्मक चिठी

सरल भईकन सरस राजेन्द्र गोपालका कविताहरू

४५ जेनजी शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर,३१ वेवारिसे ठहर

सामुदायिक वन उपभोक्ता समूहको रकम हिनामिना,अख्तियारले बनायो ४ जनालाई प्रतिवादी

करारका कर्मचारीलाई मंहगी भत्ता उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन

नियत कि नियति : जहाँ बस्यो त्यही विवादमा मुछिन्छन्,सहसचिव हमाल

सुनचाँदी कारोबारमा ‘व्यक्तिगत खाता निषेध’: राजस्व विभागको कडाइ

उपरथी श्रेष्ठ पनि राजनीतिमा,स्वतन्त्र उमेद्धारी दिने घोषणा

बिशेष