सचिव फणीन्द्र गौतम उमेर हद लागेर अनिवार्य अवकाशमा गएका छन् । गत ८० भदौंमा सचिवमा बढुवा भएका गौतम ५८ बर्ष उमेर हद लागेर अनिवार्य अवकाशमा गएका हुन ।
बिज्ञापन
न्याय सेवा कानुन समूहबाट सचिव बनेका गौतम यही मंसिर १८ गते देखि अनिवार्य अवकाशमा जान लागेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अनिवार्य अवकाशमा जान लागेका गौतमलाई अवकाशको जानकारी दिने र उनले हालसम्म गरेको योगदानको लागि सरकारको तर्फबाट धन्यवाद दिने निर्णय गरेको छ ।
सचिव बढुवा भएपछि उनले केही समय सत्य निरुपण तथा मेलमिलाप आयोग,कानुन मन्त्रालय हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन गरेका थिए ।
बिज्ञापन
गौतम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कानुन हेर्दे आएका थिए । सरकारले लिने प्रत्येक निर्णय कानुनसम्मत छ, छैन भनी हेर्ने, संसदमा पठाउने विधेयकहरूको प्रारूप तयार गर्ने वा समीक्षा गर्ने तथा सरकारी निकायहरूबीच उत्पन्न हुने कानुनी विवादमा समाधान खोज्ने काम जिम्मेवारी उनको थाप्लोमा थियो ।
मंसिर महिना लागे यता मुख्य सचिव एकनारायण अर्याल र गोकर्णमणि दुवाडी अनिवार्य अवकाशमा गइसकेका छन् भने आजैदेखि गौतम अनिवार्य अवकाशमा गएका हुन ।


























