अर्काे सचिव पनि अनिवार्य अवकाशमा

सचिव फणीन्द्र गौतम उमेर हद लागेर अनिवार्य अवकाशमा गएका छन् । गत ८० भदौंमा सचिवमा बढुवा भएका गौतम ५८ बर्ष उमेर हद लागेर अनिवार्य अवकाशमा गएका हुन ।

बिज्ञापन

न्याय सेवा कानुन समूहबाट सचिव बनेका गौतम यही मंसिर १८ गते देखि अनिवार्य अवकाशमा जान लागेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अनिवार्य अवकाशमा जान लागेका गौतमलाई अवकाशको जानकारी दिने र उनले हालसम्म गरेको योगदानको लागि सरकारको तर्फबाट धन्यवाद दिने निर्णय गरेको छ ।
सचिव बढुवा भएपछि उनले केही समय सत्य निरुपण तथा मेलमिलाप आयोग,कानुन मन्त्रालय हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन गरेका थिए ।

बिज्ञापन

गौतम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कानुन हेर्दे आएका थिए । सरकारले लिने प्रत्येक निर्णय कानुनसम्मत छ, छैन भनी हेर्ने, संसदमा पठाउने विधेयकहरूको प्रारूप तयार गर्ने वा समीक्षा गर्ने तथा सरकारी निकायहरूबीच उत्पन्न हुने कानुनी विवादमा समाधान खोज्ने काम जिम्मेवारी उनको थाप्लोमा थियो ।
मंसिर महिना लागे यता मुख्य सचिव एकनारायण अर्याल र गोकर्णमणि दुवाडी अनिवार्य अवकाशमा गइसकेका छन् भने आजैदेखि गौतम अनिवार्य अवकाशमा गएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष