१६ उपसचिव सहसचिवमा बढुवा सिफारिस

न्याय सेवा आयोगले १६ जना उपसचिवस्तरका कर्मचारीहरुलाई सहसचिव तहमा बढुवा सिफारिस गरेको छ । समितिको आज बसेको बैठकले कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मुल्यांकनका आधारमा आठ आठ गरी १६ उपसचिवस्तरका कर्मचारीहरुलाई सहसचिव तहमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

आयोगको आज बसेको बैठकले नेपाल न्याय सेवा,न्याय समूहबाट १ जना,न्याय सेवा,कानुन समूहबाट ३,नेपाल न्याय सेवा,सरकारी वकिल समूहबाट ४ कर्मचारीहरुलाई कार्यसम्पादन तथा जेष्ठताका आधारमा बढुवा सिफारिस गरेको छ ।

बिज्ञापन

यस्तै समितिको कार्यक्षमता मूंल्याकनका आधारमा नेपाल न्याय सेवा न्याय समूहबाट २,न्याय सेवा,कानुन समूहबाट २ जना र सरकारी वकिलतर्फबाट ४ गरी १६ जना उपसचिवस्तरका कर्मचारीहरु सहसचिव तहमा बढुवा सिफारिस भएका हुन ।

आयोगका अनुसार बढुवा सिफारिस भएका कर्मचारीहरुमा क्रमश मुना अधिकारी ढकाल,तेजप्रकाश जोशी,रेशमराज सिग्देल,लोकहरि बस्याल,गोविन्द उपाध्याय,लक्ष्मीनारायण दाहाल,उर्मिला दाहाल,यादवप्रसाद पौडेल सहित आठ जना कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

यस्तै कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका कर्मचारीहरुमा जनकसिंह बोहरा,इन्द्रबहादुर कार्की,निधिराज न्यौपाने,झइन्द्रप्रसाद गुरागाई,सुदिपकुमार दंगाल,ऋृषिनाथ निरौला,सन्तोष शर्मा र गोपाल लामिछाने रहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष