शाखा अधिकृत,सब इञ्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत,सब इन्जिनियरसहित तीन कर्मचारी,एक जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले कालिकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, सब इन्जिनियरहरु अमर शाही र अनिलकुमार विष्टसहितका तीन कर्मचारी,सो पालिकाको तत्कालीन उपाध्यक्ष मनसोभा बुढा, वडा नम्बर ७ का तत्कालीन अध्यक्ष दलबहादुर विश्वकर्माका अलवा उपभोक्ता समितिका अध्यक्ष नरेशबहादुर शाही, सचिव कासी विश्वकर्मा र कोषाध्यक्ष मधु विश्वकर्माविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध जनही १९ लाख ४८ हजार ४८८ रूपैयाँ बिगो कायम गरिएको छ ।

बिज्ञापन

वडा नम्बर ७ स्थित ओख्रेनी ओडीखोला सिँचाइ कुलो निर्माण भन्ने ओगडेनी आडिखोला सिँचाइ कुलो निर्माणका क्रममा वास्तविक कमभन्दा बढी काम भएको भन्दै अनियमितता गरेको भन्दै अख्तियारले आठ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्धा लगेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष