अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत,सब इन्जिनियरसहित तीन कर्मचारी,एक जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
बिज्ञापन
अख्तियारले कालिकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, सब इन्जिनियरहरु अमर शाही र अनिलकुमार विष्टसहितका तीन कर्मचारी,सो पालिकाको तत्कालीन उपाध्यक्ष मनसोभा बुढा, वडा नम्बर ७ का तत्कालीन अध्यक्ष दलबहादुर विश्वकर्माका अलवा उपभोक्ता समितिका अध्यक्ष नरेशबहादुर शाही, सचिव कासी विश्वकर्मा र कोषाध्यक्ष मधु विश्वकर्माविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध जनही १९ लाख ४८ हजार ४८८ रूपैयाँ बिगो कायम गरिएको छ ।
बिज्ञापन
वडा नम्बर ७ स्थित ओख्रेनी ओडीखोला सिँचाइ कुलो निर्माण भन्ने ओगडेनी आडिखोला सिँचाइ कुलो निर्माणका क्रममा वास्तविक कमभन्दा बढी काम भएको भन्दै अनियमितता गरेको भन्दै अख्तियारले आठ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्धा लगेको हो ।


























