‘व्याक डेट’मा सचिवहरुको व्यापक हेरफेर

सरकार परिवर्तनपिच्छे भकुण्डोझैँ यताबाट उता र उताबाट यता फालिने गरिएका कर्मचारीका हाकिमहरूमाथि फेरि अर्को प्रहार भएको छ । केही दिन सचिव र सहसचिवहरूको नाडी छामिसकिएकाले सरकारले एकै पटक १३ सचिवहरु यता उता पारेको छ ।

बिज्ञापन

अघिल्लो साताको क्याविनेटले गरेको सरुवा सूची अनुसार अर्थ,संघीय मामिला तथा सामान्य प्रशासन,शहरी विकास र खनोपानी बाहेकका मन्त्रालयका सचिवहरु सरुवामा परेका छन् । गत विहिबारको क्याविनेटले सचिवहरुको सरुवा गर्ने निर्णय गरेअनुसार अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सचिवहरुलाई पत्र दिने काम धमाधम गरिरहेको छ ।

बिज्ञापन

बजेट निर्माणको तयारी भएका कारण अर्थ र राजश्व सचिव चलाइएको छैन । सरुवाको सूची अनुसार प्रदेशबाट घनश्याम उपाध्याय श्रम मन्त्रालयमा आइपुगेका छन् भने मधेश प्रदेशबाट बाणिज्य सचिवमा रुपमा दिनेश घिमिरेलाई ल्याइएको छ । यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रहेका कृष्णबहादुर राउत उद्योग सचिवका रुपमा पठाइएको छ भने उपराष्ट्रपति कार्यालयमा रहेका मधुसुदन बुर्लाकोटीलाई स्वास्थ्य मन्त्रालयको प्रशासन सचिवको रुपमा लगिएको छ । नारायण शर्मा दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ ।

उद्योगका सचिव मुकुन्द निरौला उपराष्ट्रपति कार्यालयमा पुगेका छन् भने गोपाल प्रसाद सिग्देलको भौतिक पूर्वाधार, , निर्वाचन आयोगमा रविलाल पन्त, सिचांइमा सरिता दवाडीको सरुवा भएको छ । उर्जामा सुशीलचन्द्र तिवारी, विज्ञान तथा प्रविधिमा विश्वबाबु पुडासैनी, नेपाल ट्रष्टमा प्रमिलादेवी बजाचार्य, उर्जा आयोगमा केशव शर्मालाई लगिएको छ ।

बिज्ञापन

आठ चैत्रकै क्याविनेटले सचिव सरुवा गरेको भए पनि १५ चैत्रको निर्णय भन्दै सचिवहरूलाई सरुवा पत्र दिइएको छ। रातारात सरुवा सूची सच्याएर ब्याक डेट राखेर सचिहरूलाई सरुवाको पत्र दिइएको अझै सरुवा सूची मिलानको काम भइरहेको बताइएको छ ।
मन्त्री फेरिनासाथ कर्मचारी फेर्ने अभ्यास नेपालमा पुरानो र सामान्यजस्तो भइसकेको प्रशासकहरु टिप्पणी गर्दछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुशीलाले गरेको एक पछि अर्काे निर्णय उल्टाउँदै वालेन सरकार

नारायणगढ–बुटवल सडक विस्तार आयोजना निर्माणको अन्तिम चरणमा

आयल निगमको कार्यकारी निर्देशक बन्ने दौडमा को को ?

जुनियरलाई दोहोरो जिम्मेवारी, मन्त्रालयभित्र असन्तुष्टि

मानव स्रोत केन्द्रको नाम शिक्षा विभाग नै राखिने

दुई सातामै खरिदारदेखि उपसचिव तहका ९ कर्मचारी रंगेहात पक्राउ

फाजिलमा परेका खरिदारदेखि शाखा अधिकृत तहका ६८ कर्मचारीको व्यवस्थापन

आयल निगमको कार्यकारी निर्देशक कसलाई ?

बिशेष